Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

Author Avatar साझा न्यूज 2nd September 2026 , 9:18 PM
बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

जापान । प्रकृतिको विनाशकारी प्रहारले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रका सयौँ परिवार पीडा र संकटमा परिरहेका बेला जापानबाट एक नेपाली व्यवसायीले मानवीयताको हात अघि बढाएका छन्।

जापानमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी टीका श्रेष्ठले रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपैयाँ सहयोग गरेका छन्।

दोलखाको बैतेश्वर गाउँपालिका स्थायी घर भएका श्रेष्ठ नेतृत्वको पूर्ण ट्रेडिङ जापानले सोमबार, ३१ अगस्ट २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

पूर्ण ट्रेडिङ जापानका कार्यकारी प्रमुख श्रेष्ठका अनुसार नेपाल सरकारले गरेको सहयोग आह्वानप्रति ऐक्यबद्धता जनाउँदै बाढी तथा पहिरोपीडितको घाउमा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको बाढीपहिरोले निम्त्याएको जनधनको क्षति र पीडित परिवारको कारुणिक अवस्था देखेपछि आफू मौन दर्शक बनेर बस्न नसकेको श्रेष्ठले बताए।

‘बाढीले दिएको पीडा र त्यहाँका नागरिकको अवस्था देखेर चुपचाप बस्न सकिएन,’ श्रेष्ठले भने, ‘हामीले फेरि कमाउन सक्छौँ, गुमाएको सम्पत्ति पनि समयसँगै जोड्न सकिन्छ, तर यस्तो विपत्तिले मानिसको जीवनमा फेरि कहिल्यै यति ठूलो घाउ नदियोस् भन्ने हाम्रो कामना हो।’

उनको यो भनाइमा सहयोगभन्दा पनि विपत्तिको घडीमा एक नेपालीले अर्को नेपालीप्रति देखाउनुपर्ने मानवीय दायित्व झल्किन्छ।

विगत १३ वर्षदेखि जापानमा नेपाली उत्पादनलाई त्यहाँको बजारसम्म पुर्‍याउँदै आएको पूर्ण ट्रेडिङ जापानले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर आत्मसात् गर्दै आएको जनाएको छ।

विदेशी भूमिमा पसिना बगाएर आर्जित आम्दानीको एक हिस्सा मातृभूमिमा परेको विपत्तिको घडीमा समर्पण गर्दै श्रेष्ठले देखाएको सहयोगले सीमा र दूरीभन्दा माथि उठेको नेपाली मनको सम्बन्धलाई फेरि एकपटक उजागर गरेको छ।

विपत्तिले थिलथिलो बनेका परिवारका लागि राहत र पुनःस्थापनाको आवश्यकता झनै बढिरहेका बेला जापानबाट आएको यो सहयोग रकम मात्र नभई पीडामा साथ दिने मानवीय संवेदनाको एउटा सशक्त उदाहरण बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज