काठमाडौं, असोज २७ गते । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीलाई आर्थिक समुन्नतिको नेतृत्व गर्ने सशक्त र जनउत्तरदायी संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उपसभापतिमा विजयी भएपछि महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उहाँले राजनीतिक परिवर्तनको इतिहासलाई आर्थिक समुन्नतिको नयाँ इतिहासमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले युवाका आकांक्षा, नागरिकका अपेक्षा र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक रूपान्तरण तथा नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्नुभएको छ ।
















































