Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

Author Avatar साझा न्यूज 18th October 2026 , 2:25 PM
दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

कपिलवस्तु । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैंको अवसरमा कपिलवस्तु जिल्लाभर ५१३ वटा दुर्गा मूर्ति स्थापना गरिएका छन्। दुर्गा भवानीप्रतिको श्रद्धा, आस्था र भक्तिभाव प्रकट गर्दै जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका मूर्तिका कारण यतिबेला कपिलवस्तु धार्मिक तथा सांस्कृतिक रौनकले सजिएको छ।

दशैंलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयका रूपमा मनाउने धार्मिक मान्यता छ। विशेषगरी दुर्गा पक्षका रूपमा मनाइने यस पर्वमा शक्तिस्वरूपा देवी दुर्गाको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गरिन्छ। यही धार्मिक परम्परालाई निरन्तरता दिँदै कपिलवस्तुका विभिन्न स्थानमा दुर्गा मूर्ति स्थापना गरी विधिपूर्वक पूजा–आराधना गरिँदै आएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार कपिलवस्तुका १० स्थानीय तहमा गरी कुल ५१३ वटा दुर्गा मूर्ति स्थापना गरिएका छन्।

ती मूर्तिहरूको विसर्जन कार्यक्रम कात्तिक ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। स्थानीय तहगत विवरणअनुसार कपिलवस्तु नगरपालिकामा सबैभन्दा बढी ९६ वटा मूर्ति स्थापना गरिएका छन्। कृष्णनगर नगरपालिकामा ८६, बुद्धभूमि नगरपालिकामा ६८, यशोधरा गाउँपालिकामा ५५, महाराजगञ्ज नगरपालिकामा ४४, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा ३८–३८, शुद्धोधन गाउँपालिकामा ३६, मायादेवी गाउँपालिकामा २८ तथा वाणगंगा नगरपालिकामा २४ वटा मूर्ति स्थापना गरिएको छ।

दशैंका अवसरमा स्थापना गरिएका दुर्गा मूर्तिहरूमा देवीका विभिन्न स्वरूपलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। आकर्षक सजावट, पूजापाठ र धार्मिक अनुष्ठानले मूर्ति स्थापना गरिएका क्षेत्रहरूमा भक्तिमय वातावरण सिर्जना गरेको छ। देवी दुर्गाको दर्शन तथा पूजाआराधनाका लागि श्रद्धालुहरू मूर्ति स्थापना गरिएका स्थानमा पुग्ने गरेका छन्।

कपिलवस्तुको तौलिहवा बजार क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिहरूले पनि पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काएका छन्। मूर्ति विसर्जनका लागि निर्धारित समय नजिकिँदै जाँदा जिल्लाका विभिन्न स्थानमा धार्मिक विधि र परम्पराअनुसार विसर्जनको तयारीसमेत भइरहेको छ। दशैं केवल धार्मिक पर्व मात्र नभई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग जोडिएको उत्सव पनि हो।

दुर्गा भवानीप्रतिको आस्था र विश्वासका साथ मनाइने यस पर्वले समाजमा शान्ति, सद्भाव र सकारात्मकताको सन्देश प्रवाह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

भर्खरै प्रकाशित

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज