Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

Author Avatar साझा न्यूज 18th October 2026 , 5:19 PM
सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

कपिलवस्तु, कात्तिक १ गते । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–८ स्थित सिंगरहा गाउँमा स्थानीयवासी र प्रहरीको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको छ । गाउँका नालीमा माटो जमेर पानीको निकासमा समस्या हुनुका साथै सडकमा फोहोर बढेपछि अभियान सञ्चालन गरिएको हो ।

महाराजगञ्ज नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवार राकेशकुमार ठाकुरको संयोजकत्वमा सञ्चालित अभियानमा स्थानीयवासी र इलाका प्रहरी कार्यालय हरदौनाका प्रहरी सहभागी भएका थिए ।

ठाकुरका अनुसार गाउँको सरसफाइ सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । उहाँले वडाका अन्य टोलमा समेत सरसफाइ अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

‘स्वच्छ वडा, स्वस्थ नागरिक, समृद्ध समाज—हाम्रो वडा, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित सञ्चालित अभियानमा उहाँले सरसफाइलाई सबैले साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

ठाकुरले स्थानीय नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन, नागरिकतासम्बन्धी काम गर्न तथा अन्य आवश्यक सेवा प्राप्त गर्न सहजीकरण गर्दै आएको बताउनुभयो । शिक्षा, स्वास्थ्य र खानेपानीलगायतका क्षेत्रमा सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले किसानलाई समयमै मलखाद उपलब्ध गराउन र सिँचाइको व्यवस्था गर्नसमेत पहल गर्ने बताउनुभयो ।

यसैबीच, वडाका विभिन्न बस्ती बाणगङ्गा नदीको कटानबाट प्रभावित हुँदै आएको उल्लेख गर्दै ठाकुरले सिंगरहा, हरदौना र करैलियालगायतका बस्तीलाई कटानबाट जोगाउन सम्बन्धित निकायसँग पहल गर्ने बताउनुभयो ।

नदी कटानका कारण स्थानीयवासीले भोग्दै आएका समस्या समाधानका लागि आवश्यक नियन्त्रण तथा संरक्षणका काम अघि बढाउनुपर्ने उहाँको भनाइ छ । उहाँले स्थानीयका समस्या समाधानका लागि निरन्तर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज