Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

Author Avatar साझा न्यूज 25th October 2026 , 7:15 AM
दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

कपिलवस्तुको चन्द्रौटामा यसवर्ष दशैँको टीकाको तेस्रो दिन हिजो शनिबार निक्कै सद्भावपूर्ण कार्यक्रम भएको छ ।

दशैँमा हुने सराय नाचको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा मुस्लिम समुदायका युवाहरुले समेत समन्वय र  सहभागीता जनाएपछि विशेष सद्भावयुक्त कार्यक्रम भयो ।

मेलामा सहभागीलाई उनीहरुले मिठाई र पानी वितरण गरे । त्रयोदशीमा गरिएको सराय नाचमा स्थानिय मुस्लिम समुदायबाट सहयोग भएसँगै धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक सद्भावको सन्देश फैलिएको स्थानिय अगुवाको प्रतिक्रिया छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश फैलाउँदै सराय जात्रा भएको हो ।

विगत १९ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको सराय जात्रा पछिल्लो समय चन्द्रौटाको पहिचान र सांस्कृतिक सम्पदाका रूपमा स्थापित हुँदै गएको छ । २०६४ सालमा चन्द्रौटामा भएको हिंसात्मक घटनापछि आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्ने उद्देश्यले शुरु गरिएको सराय जात्राले अहिले धार्मिक उत्सवका साथै सामाजिक मेलमिलापको सन्देशसमेत दिँदै आएको छ ।

यसवर्ष पनि पञ्चेबाजा बजाउँदै, तरबार र खुँडा नचाएर सहभागीले उत्साहपूर्वक सराय नाच प्रदर्शन गरेका छन् । सहभागी ‘वाखै हो’ भन्दै नाचमा रमाए । शिवराज नगरपालिका–५ कणेश्वरी मन्दिरबाट शुरु भएको सराय जात्रा चन्द्रौटा बजार परिक्रमा गर्दै दुर्गा मन्दिरमा पुगेर समापन गरिएको थियो ।

जात्रामा स्थानीयवासीन्दासहित विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणको सहभागिता रहेको थियो । जात्रामा सहभागीलाई चन्द्रौटा चोकमा मुस्लिम समाज शिवराजले निःशुल्क खानेपानी र मिठाइ वितरण गरेको थियो । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमला पाण्डेले सराय जात्रा संस्कृति संरक्षण, प्रवद्र्धन र धार्मिक सद्भावको प्रतीक भएको बताउनुभएको छ ।

पछिल्लो समय अर्घाखाँची, गुल्मीलगायतका जिल्लाबाट बसाइँसराइ गरी चन्द्रौटा क्षेत्रमा पुगेका परिवारहरूले पनि सराय जात्रालाई उत्सवका रूपमा मनाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज कोजाग्रत पूर्णिमा मनाइँदै, कात्तिक स्नान सुरु

आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदै

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता

भर्खरै प्रकाशित

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

आज कोजाग्रत पूर्णिमा मनाइँदै, कात्तिक स्नान सुरु

आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदै

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

अस्पतालबाट डिस्चार्ज भए पूर्वप्रधानमन्त्री खनाल

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

एयर पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिने युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज