Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

Author Avatar साझा न्यूज 26th October 2026 , 7:17 PM
गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गुल्मी, कात्तिक ९ गते। गुल्मीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। यस जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडक खण्डमा स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार स्याङ्जाको चिरकोटदेखि राक्सेतर्फ आउँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सडकदेखि करिब २५० मिटर तल खस्न गई दुर्घटना भएको हो।

दुर्घटनामा परेर घटनास्थलमै छ जनाको मृत्यु भएको छ। सवारी चालक स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर–२ बस्ने ६७ वर्षीय दिलिप कुमार बागाले, वडा नम्बर–१० बस्ने ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर–१ सिरकोट घर भई हाल स्याङ्जा वालिङ बस्ने अन्दाजी ५०र५५ वर्षका लोकनाथ पाण्डे, गुल्मी सिरकोट घर भई हाल बुटवल बस्ने वर्ष नखुलेकी सिता पाण्डे र गुल्मी सिरकोट घर भई हाल बुटवल खैरेनी बस्ने वर्ष नखुलेका कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा वालिङ नगरपालिका वडा नम्बर–२ बस्ने वर्ष नखुलेकी निता बगालेको मृत्यु भएको हो। दुर्घटनामा परेर तीन जना घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो। गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोट बस्ने छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचार भइरहेको छ। उहाँको अवस्था सिरियस रहेको छ। स्याङ्जा वालिङ नगरपालिका बस्ने अन्दाजी ५०र५५ वर्षीया गोमता पाण्डेलाई मिसन अस्पताल पाल्पा पठाइएको छ। उहाँको अवस्था मध्यम छ।

वालिङ नगरपालिका वडा नम्बर–१० बस्ने बालकृष्ण सुवेदीको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमै उपचार भइरहेको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको कमाण्डमा छ जना, इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा पाँच जना तथा थप उद्दारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वकर्माको कमाण्डमा दश जनाको प्रहरी टोली खटिएको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

पान खेतीको सम्भावना खोज्दै पुरमल

पान खेतीको सम्भावना खोज्दै पुरमल

भर्खरै प्रकाशित

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज