Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो: नेता सिंह

Author Avatar साझा न्यूज 20th June 2021 , 7:34 PM
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो: नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तक्रियामा उनले विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा निकै कमजोर बनेको बताएका हुन् ।

‘पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो,’ उनले भने । पूर्व उपप्रधानमन्त्री सिंहले चारजना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी काँग्रेसको काँधमा आएको बताए ।

काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशनको बारेमा छलफल गर्ने क्रम सकिएको भन्दै भदौमा हुने महाधिवेशनमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरे । उनले जनताले काँग्रेसलाई पाँच वर्ष प्रतिपक्षको जिम्मेवारी दिएपनि सरकारको कार्यशैली र सत्तापक्षको झगडाका कारण काँग्रेस प्रदेश र केन्द्रमा सरकारमा जान बाध्य हुनुपरेको बताए ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य गीता वाग्ले, विजुला बर्मा, नरोत्तम बैद्य, प्रभात तामाङलगायतले कुनैपनि बहानामा काँग्रेसको १४ औँ महाधिवेशनलाई आलटाल गरेर सार्ने षड्यन्त्र नगर्न नेतृत्वलाई सुझाव
दिए । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, चितवनका सभापति जीतनारायण श्रेष्ठ, दोलखाका सभापति रुद्र खड्का, धादिङका सभापति रमेश धमलालगायतले काँग्रेसभित्र चाँडो क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिवेशन प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए ।

अभियानका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य डा। डिला सङ्ग्रौलाले लोकतन्त्रलाई बलियो बनाउन र तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि निरन्तर छलफल र बहस चलाइरहने बताए । उक्त अभियानले यसअघि प्रदेश १ र प्रदेश २ मा छलफल सञ्चालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

ष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेता पन्त: प्रतिनिधिसभा मुख्य सचेतक थापा र सचेतक राई

भर्खरै प्रकाशित

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज