काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् ।
बुधबार शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग करिब २ घन्टा छलफल गरेको स्रोतले जानकारी दियो ।
भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बताएको छ। पछिल्लो समय निरन्तर रुपमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको अन्तिम फैसला आउने तयारी भइरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूणरुपमा हेरिएको छ ।
यस्तै एमाले कार्यदलको बैठकले विवाद समाधान गर्न पहल गरिरहेको बेला बैठक बस्नुलाई बिशेषरुपमा हेरिएको छ।
















































