Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फेवाबाँधको दुर्दशाः ८ करोडको बाँध २ वर्षमै भत्कियो

Author Avatar साझा न्यूज 9th July 2021 , 1:44 PM
फेवाबाँधको दुर्दशाः ८ करोडको बाँध २ वर्षमै भत्कियो

गण्डकी । पोखरा महानगरपालिकाले गण्डकी सरकारसँग मिलेर फेवाताल जोगाउन  शिरबाट बग्ने खोलामा ‘चेक ड्याम’ निर्माण गर्‍याे । खासगरी फेवामा पानी मिसिने ठूला ४ खोलामा ‘सिल्ट्रेसन ड्याम’ बनाईएको हो ।

अँधेरी खोला, हर्पन, बेतयानी र लौरुकमा २८ करोड भन्दा बढीको लागतबाट बाँध बनाइए । यि बाँधहरु निर्माण भएको दुई वर्ष नबित्दै भत्किन थालेका छन् । गुणस्तरहीन काम गरेका कारण बाँध कमजोर भएको हो । बुधबार राती हर्पन खोलाको बाँध पूर्ण रुपमा बगाएको छ । बाँध बगेसँगै किनारका बस्तीमा क्षति पुगेको छ भने ठूलो फाँट धान खेत पुरेको छ । यो बाँध झण्डै ८ करोड रुपैयाँको लागतमा बनेको हो ।

‘ड्याम बगेपनि केहि भएन । तर यसको असर बस्तीदेखि धानखेत हुँदै फेवातालसम्म पुग्यो,’ पोखरा २३ का वडाध्यक्ष विष्णु पराजुलीले भने, ‘उबेला राम्रोसँग काम गरिदेऊ भन्दा कसैले सुनेनन् । बालुवा र सिमेण्ट पनि नघोली पर्खाल लगाए । अहिले स्वात्तै बगायो ।’ यो बाँध ७ करोड ८८ लाख रुपैयाँकाे लागतमा बनाईएको थियो । उनका अनुसार नजिकै रहेको अँधेरी खोलाको बाँध पनि भत्किने अवस्थामा पुगेको छ ।

‘बेतयानी र लौरुकमा पानी धेरै आउँदैन । जोखिम पनि कम छ,’ उनले थपे, ‘अरु दुई खोला बहुलाए भने कसैले रोक्न सक्दैन । अँधेरी खोलाको बाँध पनि यहि वर्ष बग्छ ।’ बाँध भत्किँदा लामो समयदेखि बारिएको पानी एकै पटक बगेका कारण त्यसले फेवातालको मुख्य बाँधमा समेत दबाब पुगेको छ । कमसल काम गरेपछि स्थानीयबासिन्दाले पटक पटक विरोध गरेका थिए ।

तर सरोकारवालाले सुनुवाई नगरेपछि त्यसको दुष्परिणाम अहिले ब्यहोर्नु परेको स्थानीयबासिन्दा पवित्रा परियारले बताइन् । ‘कतिबेला हर्पन घोप्टिन्छ भन्ने चिन्ताले राती सुत्नै सक्दिनँ । बाँध बनाएपछि राहत होला भनेको झन् तनाव भयो,’ उनी भन्छिन्, ‘काम राम्रो गरेको भए बच्थ्यो होला । खाने मात्रै भए, जनताको चिन्ता कसलाई होस् ।’

यो बाँधका कारण नयाँ बस्ती र ठूलाखेतको केहि क्षेत्र जोखिममा परेको छ । निर्माण कम्पनीको गलत डिजाइन गरेकै कारण करौडौं लगानी पानीमा बगेको वडा सदस्य भरत भण्डारी बताउँछन् । ‘डिजाईन भएन भन्यौं, सुनेनन् । माल सामान मिलेन भन्यौं, सुनेनन् । नाफा कमाउने ध्यान मात्रै थियो,’ उनले भने, ‘अघिल्लो वर्ष बनाउँदा बनाउँदै पनि बगेको हो । अहिले सप्पै लग्यो ।’ नगरपालिकाले बाँधमा जम्मा भएको ढुंगा गिटी बालुवा निकाल्न दिएको ठेक्काको कारण पनि असर गरेको उनले बताए ।

पोखराले यि बाँधमा जम्मा हुने निर्माण सामग्री उत्खनन् गर्न २४ वर्षका लागि ठेक्का लगाएको छ । पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित सिल्टेसन बाँध ९ करोड ६ लाखमा बनेको हो भने पोखरा २४ को वेतयानी खोलामा ५ करोड ४६ लाख तथा पोखरा २४ लौरुकखोलामा ५ करोड ७४ लाखमा ड्याम बनेको थियो । ताल बचाउन बनाईएको बाँधले नै फेवाताल जोखिममा पर्ने देखिएको छ ।

मेयर मानबहादुर जिसी प्राकृतिक समस्याले बाँध फुटेको बताउँछन् । ‘डिजाइन पनि केहि कमजोरी होला । तर बाँध निर्माण भन्दा बढी समस्या पहिरो हो,’ उनले भने, ‘अहिले पनि हर्पनको सिरानमा १० भन्दा बढी नयाँ र ठूला पहिरो झरेको छ । यस्तो पहिरो के गरेर छेक्न सकिन्छ ?’ उनले तत्कालै पहिरो नियन्त्रण र ड्याम पुनः निर्माणमा ध्यान दिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज