Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नवलपरासीमा चुनावी सरगर्मी

Author Avatar साझा न्यूज 25th September 2021 , 12:01 PM

नवलपरासी । नेपाली कांग्रेसको पालीका अधिवेशन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । पालीका अधिवेशनमा दुई गुटमा विभाजित कांग्रेसमा आफ्नो पक्षमा मतदाता पार्न दौडधुप तिव्र गतिमा चलिरहेको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य एव्ं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ । कंडेल पार्टी सभापति एव्ं प्रधानमन्त्री शेर बहादुर देउवा गुट नजिक हुनुहुन्छ भने खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुनुहुन्छ । दुवै गुटले पालिका अधिवेशनको नतिजा आफ्नो पक्षमा आउने दाबि गरेका छन् । खनाल पक्षले २ सय बढी मतको अन्तरले आफूहरु जित्ने दाबी गरेको छ भने कण्डेल पक्षले त्यस्को नतिजा चुनावले देखाउने दाबी गर्दै आएको छ । वडा क्षेत्रिय प्रतिनिधिले जिल्ला नेतृत्वदेखि/क्षेत्र/गाउँ/नगर र महाधिवेशन प्रतिनिधि छनौट गर्ने प्रावधान रहेकाले दुवै पक्षका नेताहरु आफ्नो समुहलाइ विजय बनाउन रस्साकस्सीमा जुटेका हुन् । खनाल पक्षले जिल्ला नेतृत्वसहित १ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ वटा प्रदेश सभा क्षेत्रमा खनाल जित निकाल्ने निश्चित रहेको बताएको छ । पालिकातर्फ २ नगरपालिका र २ वटा गाउँपालिकामा आफूहरु बलियो रहेको खनाल पक्षको दाबी छ तर कंण्डेल पक्षले भने चुनावको नतिजाले त्यसको निक्र्यौल गर्ने बताउँदै जिल्ला नेतृत्व सहित बहुमत पालीमा आफूहरुको जित हुने दाबी गरेको छ । रामग्राममा १८ वडा मध्ये १५ वडामा आफूहरुको बहुमत रहेको नेता कंण्डेलको भनाइ छ । सुनवल, प्रतापपुर र सुस्तामा कडा प्रतिस्पर्धा देखिएको र बाँकि पालीकामा आफूहरुको जित सुनिश्चित रहेको उहाँको दाबी छ । हरेक पालीकामा खनाल र कंण्डेल दुवै गुटले छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएको जानकारीमा आएको छ । जिल्ला सभापतिमा कंडेल गुटले शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र खनाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेललाई चुनावि मैदानमा अघि सारेका छन् । यसैबिच कांग्रेस नेता देवेन्द्रराज कण्डेलले विक्रम खनाल पक्षधरले आफ्नो विपक्षमा रहेका निर्वाचित प्रतिनिधिलाई धम्क्यान सुरु गरेको आरोप लगाउनुभएको छ । कण्डेलले जिल्लाका अधिकांश नेतालाई आफूले राजनितिमा ल्याएको दाबी गर्दै उहाँले नेता कार्यकर्तामा अग्रजलाई सम्मान गर्ने संस्कार हराउँदै गएको पनि गुनासो गर्नुभयो । यता नेता विक्रम खनालले भने कंण्डेलको आरोप निराधार रहेको बताउँदै आफ्नो पक्षले कसैलाई नधम्क्याएको बताउदै आफूहरु निष्पक्ष चुनावको पक्षमा रहेको खनालको भनाइ रहेको छ। पश्चिम नवलपरासीमा ७ स्थानीय तहमा यहि असोज ९ गते कांग्रेसको पालीका अधिवेशनका लागि चुनाव हुँदैछ । जिल्लामा यसअघि ७४ वडाको अधिवेशन समपन्न भैसकेको छ । अधिवेशनबाट १३ सय ५० जनाको हाराहारीमा क्षेत्रिय प्रतिनिधिहरु चयन भएर आएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज