कपिलबस्तु कात्तीक
जिल्ला समन्वय समिती कार्यालय कपिलबस्तुको पाँचौ बार्षिक समिक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती कपिलबस्तुको आयोजनामा जिल्ला अन्तरर्गतका नगरपालिका , गाउँपालिका तथा कार्यालयहरुको आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक समिक्षा एक कार्यक्रमको आयोजना गरि तौलिहवामा सम्पन्न गरिएको छ ।
प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले कार्यक्रमलाई संबोधन गर्दै प्रतिस्प्रधाको जमानामा बजेट छुट्टाएर मात्र नहुने भएको हुँदा त्यसको ब्यबस्थापन कसरी गरिएको छ भन्ने बिषय महत्वपुर्ण भएको बताईन् । यस्ता खाल्का समिक्षाबाट कपिलबस्तुको सम्पुर्ण गतिबिधीहरुको बारेमा प्रष्ट हुने भएको हुँदा समिक्षालाई सबैले ऐनाको रुपमा लिनुपर्ने बताईन् ।

राष्ट्रिय सभा सदस्य घिमिरेले हिजका दिनहरुमा लक्ष अनुसार सम्पन्न भएका कार्यक्रमहरुको लक्ष हासिल भए कि भएनन् र आगामी दिनहरुका लागि कस्ता खाल्का लक्षहरु पुरागर्न खोजी रहेका छौ भन्ने यस्ता कार्यक्रमहरुबाट नै जानकारी हुने भएको हुँदा जिल्लाका सम्पुर्ण पालिकाहरुले समन्वयकारी भुमिकालाई अगाडी बढाउनु पर्नेमा जोड दिईन् ।
यस जिल्लाका लागि बजेट त आफ्नै तालमा आएको छ तर समन्वय भएर बजेट आएको भए धेरै बजेट ल्याउन सकिने समेत धारणा ब्यक्त गर्दै समन्वय र सहकार्यका लागि आफु प्रतिबद्ध रहेको बताईन् । उनले स्वच्छ हिसावले प्रतिस्पर्धा गर्न सके बिकासको गती बढ्ने छ राजनिती हिसावले फरक भए पनि कार्यालयको हिसावमा फरक भए पनि जिल्लाको बिकासका लागि सबै एकजुट हुन आबश्यक भएको बताईन् ।

यस्तै प्रतिनिधी सभा सदस्य अभिशेष प्रताप शाहले स्थानियतहरुका लागि सरकारले उपयुक्त रुपमा बजेट बिनियोजन गरेको छ तर स्थानियतहले बिगत ४ बर्षदेखि बजेट सक्ने काम मात्र सिक्दै आएको बताए । स्थानियतहलाई प्रदेश सरकारले हेर्ने भएको हुँदा प्रदेशलाई पनि बलियो बनाउनु पर्नेमा जोड दिएका थिए । उनले सिडियो र प्रहरी प्रमुखलाई सरुवा गर्न प्रदेशलाई अधिकार दिन पर्छ भन्दै अन्तराष्ट्रिय जगतमा भएका प्रयासहरुको उदाहरण दिएका थिए ।
राष्ट्रिय सभा सदस्य दिर्घ नारायण पाण्डेयले स्थानितह बिकास निर्माणका लागि प्रमुख अंग भएकोले जनताको ईच्छा र आकांक्षा अनुसार बिकास निर्माणका कार्यगर्न आग्रह गरे ।

सम्पुर्ण सहभागिहरुको तर्फबाट शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले समिक्षा कार्यक्रमको आयोजना गरेकोमा जिल्ला समन्वय समितिलाई धन्यवाद दिएका थिए । साथै उनले आँटेका र सोंचेका कुराहरुलाई लक्षमा पुराउने र संमृद्धि तर्फ लाग्ने प्रतिबद्धता ब्यत्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बार्षिक समिक्षा आयोजना गरेकोमा जिल्ला समन्वय समितीलाई धन्यबाद दिंदै कामहरु गर्ने क्रममा धेरै चुनौती तथा समस्याहरु रहेको बताए । कतिपय बिषयहरुमा स्थिानिय तहहरुमा एकरुपता नभएको बताएका छन् ।
जिल्लाका दश स्थानियतहमा कोभिड १९ को समयमा बिद्यालयहरु बन्द रहँदा समेत पनि शुल्क उठाएको गुनासो आएको हुँदा नियन्तरणका लागि स्थानियतहले कुनै पहल नभएको बताए । यस्तै तिन तहको सरकार मध्ये स्थानियतहमा अनुगमनको अधिकार दिएको छ तर पालिकाहरुबाट अनुगमन कार्य फितलो रहेको हुँदा यस बिषयमा गम्भिर हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेलले ०७७÷०७८ मा भएका प्रगती बिवरण प्रस्तुत गरेका थिए । जिल्लाका १० स्थानीयतहका प्रमुख प्रशसकिय अधिकृतहरुले आ आफ्नो स्थानीयतहमा भएका प्रगती बिवरणहरु प्रस्तुत गरेका थिए ।
डिभिजन बन कार्यालय कपिलबस्तुका प्रमुख बिजयराज पौडेल , डिभिजन बन कार्यालय गौतम बुद्धका अधिकृत गणेश चौधरी , जलश्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयका प्रमुख पुरुषोतम उपाध्याय , कपिलबस्तु अस्पतालका मेसु किशोर बञ्जाडे , जिल्ला आयुर्वेद अस्पतालका डाक्टर प्रबेश श्रीवास्तव , , प्रधानमन्त्री कृषि आधुनिकीकरणका प्रमुख र कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र नाथ चौवेले बार्षिक प्रगती प्रस्तुत गरेका थिए ।
यसैगरी बाणगंगा सिंचाई ब्यबस्थापन कार्यालयका प्रमुख कोफुला श्रेष्ठ , सडक डिभिजन कार्यालयका लेखा प्रमुख धनिश्वर पोखरेल , बाबुराम अर्याल , पशुसेवा शाखा प्रमुख डाक्टर उत्तम आचार्य लगाएतका कार्यालयहरुका प्रमुखहरुले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी , अर्जुन केसी , रुन्धादेवी दुवे , शान्ती देवी स्वर्णाकार , दश स्थानियतहका प्रमुखहरु , उपप्रमुखहरु , प्रमुख प्रशासकिय अधिकृतहरु , लेखा अधिकृत , सरकारी कार्यालयका प्रमुखहरु , गैसस महासंघ , प्रहरी प्रमुख , संचारकर्मीहरु लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षता , उपप्रमुख तारवती चौधरीको स्वागत तथा जिल्ला समन्वय समितिका नासु कमला पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
















































