कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गएराती ईलाका प्रहरी कार्यालय पिपराले दुई वटा जुवाका खालबाट ३१ जना जुवाडे पक्राउ गरी ६ लाख भन्दा बढी रकम बरामद गरेको छ ।
वाणगंगा नगरपालीकाको वडा नं. २ तिनैयाबाट १२ जना जुवाडे रु ७६७४५ रुपियासहित समातिएको र बाणगङ्गा नगरपालीका वडा न १ वैरीयाबाट रु ५४२३८० सहित १९ जना जुवाडे पक्राउ परेका छन ।
कपिलवस्तुका विभिन्न स्थामा ठुला ठुला जुवाका खाल संचालन भएता पनि इलाका प्रहरी कार्यालय कपिलवस्तुको कार्य क्षेत्र भित्र संचालन हुने चाड पर्वको वहानाम तास कौडा खेल्नेलाई प्रहरीले सक्रियताका साथ पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बडाउने भएको छ ।
गत वर्षको १२ जना जुवाडे समातिएको विषयले यस वर्ष केही कमी आउने विषय अनुमान भएता पनि जुवाडेहरु चाड पर्वको वहानामा जुवाका खालमा रंगेहात समातीन थालेका छन । कपिलवस्तुको सदरमुकाम तौलिहवा, चन्दौटा कृष्णनगर गोरुसिगे ,ठुल ठुला लाखौ करोडौका खेल चल्ने गरेका छन । भने यता वनगाई ,चारनम्बर, गजेहडा र राजापानीमा लुकी छिपी अझै पनि जुवाका खाल संचालन भएका छन् ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिनेश गुरुङ्गले राजस्व संकलन तथा जुवातास खेल्ने पक्राउ गरी जिल्ला मै उत्कृष्ट इलाकाको रुपमा सावित गर्नु भएको छ । इलाका प्रहरी कार्यालय पिपराले १ बर्षको समय अवधीमा ४३ जुवाडेलाई पक्राउ गर्न सफल भएको छ । यो कपिलवस्तु जिल्ला कै ठुलो प्रहरीको सफलता मानिन्छ , गुरुङ्ग आए देखि इलाकामा नदिजन्य पदार्र्थ चोरी निकासी कमी, भन्सार छली आएका सामान बरामद ,लागु औषध प्रयोग कर्ता बेच बिखन गर्नेलाई कारवाही जस्ता अन्य धेरै उदाहरणीय काम गर्र्दै र आम सर्व साधारणले पनि शान्ती सुरक्षाको अनुभुती गर्न पाएका छन् ।
कपिलवस्तुका अन्य इलाकाको कार्य क्षेत्र भित्र पर्ने स्थानमा भने प्रहरी कै संरक्षणमा घर तथा होटलहरुमा जुवाका खाल संचालन भएका छन् ।
















































