Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सहकार्य र समन्वयबाट कर शिक्षा प्रभावकारी बनाउनुपर्ने

Author Avatar साझा न्यूज 18th November 2021 , 7:47 AM
सहकार्य र समन्वयबाट कर शिक्षा प्रभावकारी बनाउनुपर्ने

कपिलवस्तु । कपिलवस्तुमा दशौं राष्ट्रिय कर दिवस २०७८ एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । “स्वेच्छिक कर सहभागीता अभिवृद्धिः सुशासन, विकास र समृद्धि” भन्ने नाराका साथ तौलिहवामा कर दिवस मनाइएको हो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेले कार्यालयले सेवा संगसंगै करदाता शिक्षा नियमित रुपमा संचालन गरेको बताए । कार्यालयसंग निकट रहेका उद्योग वाणिज्य क्षेत्रको सहकार्य र समन्वयबाट कर शिक्षा प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

जिल्लामा आईसकेपछि उद्योगी व्यवसायीलाई करको दायरामा ल्याउन विभिन्न काम गरिरहेको प्रमुख पाण्डेले बताए । करछली गर्नेलाई छानविन गर्ने, शिल गर्ने र कार्वाही गर्ने बताए । उनले सवै व्यवसायीले कानुनबारे जानकारी राख्नुपर्ने कर्तब्य भएकाले करछली गर्ने व्यवसायीले ठुलो मूल्य चुकाउनुपर्ने भएकाले सत्य र तथ्य विवरण बुझाउन आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले करदातालाई कर शिक्षा आवश्यकता भएको बताए । उनले अवैध कारोवारलाई निरुत्साहित गर्न सूचना दिनुपर्ने साथै उद्योगी व्यवसायीलाई सही कारोबार, सही व्यवसाय र सही विवरण राख्न सुझाव समेत दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अली मियाँ, कपिलवस्तु चेम्बर अफ कमर्शका अध्यक्ष महादेव पोखरेल, सम्मानित करदाता सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बेल्वासेले उद्योगी व्यवसायीका कर सम्बन्धी विविध समस्या समाधान गर्न कर शिक्षा आवश्यकता भएको बताए ।

आन्तरिक राजश्व कार्यालय कृष्णनगरले कर दिवसका अवसरमा सवैभन्दा बढि कर बुझाउने करदातालाई सम्मान गरेको छ । आ.ब. २०७७÷०७८ मा सवैभन्दा बढि कर बुझाउने सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वाणगंगा र श्रीजय श्री श्याम टे«डिङ्ग कन्र्सन कृष्णनगरलाई सम्मान गरेको छ ।

सो अवसरमा कार्यालयले २ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कार्य सम्पादन प्रभावकारी भएको भन्दै आन्तरिक राजश्व कार्यालयका हिरालाल चौधरी र दिनेश खनाललाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज