Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगामा ३ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

Author Avatar साझा न्यूज 19th November 2021 , 8:23 PM
बाणगंगामा ३ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

सागर वि.क.

कपिलवस्तु, मंसिर ३

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले ३ दिने व्यवसायिक बाख्रा पालन सम्बन्धि तालिम समापन गरेको छ । बाणगंगाको ठाकुरापुरमा अवस्थित पिस हिमालयन रिसोर्टमा मंसिर १ देखि मंसिर ३ गते शुक्रबार (आज) सम्म संचालन गरिएको तालिम एक कार्यक्रमका बीच समापन गरिएको हो । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं.११ का वडाध्यक्ष सोमनाथ अर्यालले अब महिलाहरु व्यवसायिक बाख्रा पालनतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष अर्यालले जीवनमुखी व्यवसायले कुनै ठोस उपलब्धि हासिल नहुने भन्दै जीवनस्तर उकास्नका लागी पनि बाख्रापालन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउन्ुभयो ।

कृषि पेसा तथा पशु व्यवसायसंग सम्बन्धित महिलाहरुको जीवनस्तरमा सुधार ल्याउनु नै आफ्नो मुख्य उद्देश्य रहेको भन्दै वडाध्यक्ष अर्यालले यस्ता लक्ष्य, उद्देश्य परिपूर्ति गर्न निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले विशेष भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्नुभयो । विगत ४ बर्षअघि बाणगंगामा एक सय जना भन्दा कमले व्यवसायिक फर्म दर्ता गरि व्यवसाय संचालन नगरेकोमा अहिले करिब ३ सय बढीले व्यवसायिक फर्म दर्ता गरि व्यवसाय संचालन गरेको बताउनुभयो । उहाँले नगरपालिकामा आफ्नो व्यवसायिक फर्म दर्ता गरि व्यवसाय संचालन गर्न र राज्यबाट प्राप्त हुने अनुदान लिन समेत आग्रह गर्नुभएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीका प्रमुख सुुसिल गौतमले महिला विकास तथा शसक्तिकरणमा यस लघुवित्तले महत्वपुर्ण भुमिका खेल्दै आएको भन्दै बाख्रापालनबाट आत्मनिर्भर बन्न खोजिरहेका महिलाहरुको लागि उक्त तालिमको आयोजना गरेको बताउनुभयो ।

प्रमुख गौतमले बाख्रा पालन व्यवसायमा महिलाहरुको आकर्षण बढ्दो रहेको दाबी गर्दै त्यस्ता महिलाहरुलाई निर्धन उत्थान लघुवित्तले हरेक तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बाख्रा पालन व्यवसाय गर्दा बजार क्षेत्रको कुनै समस्या नरहने जिकिर गर्दै प्रमुख गौतमले त्यस्ता कुनै समस्या आए आफुहरु समाधान गर्न सदैव तयार रहेको बताउनुभयो । तालिमका प्रशिक्षक भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कपिलवस्तुका पशु चिकित्सक दुर्गा प्रसाद खनालले महिलाहरु अब घरयासी काममा मात्र सिमित नहुने स्थितिको निर्माण स्वयम महिलाहरुले व्यवसायीक बाख्रा पालनबाट सुरुवात गर्न आग्रह गर्नुभयो ।

तालिममा सहभागि महिलाहरुले तालिम निकै प्रभावकारी रहेको बताउदैं निर्धन उत्थान लघुवित्तले आफुहरु जस्तो कमजोर आर्थिक अवस्था भएकाहरु महिलाहरुको जीवनस्तर सुधार गर्न हौसला प्रदान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । लुम्बिनी प्रदेशकी पर्यटन ग्रामीण तथा सहकारी बिकास मन्त्रालयकी राज्य मन्त्री रिना नेपालले उद्घाटन गर्नुभएको तालिममा ३४ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज