काठमाडाैं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ। 1 1 1 यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजारमै कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ। त्यसैगरी सोमबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।















































