Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भाग्य बदल्ने अवसर

Author Avatar साझा न्यूज 3rd January 2022 , 12:57 PM
भाग्य बदल्ने अवसर

-दीपकुमार उपाध्याय

राजनीतिक दललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका संवाहक मानिन्छ । यही मान्यता स्थापित गर्न दलको अवधारणा विकास भएको हो । सङ्गठित रूपले नागरिकमा जाँदा उनीहरूमा पनि दलप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ । दलले सङ्गठनलाई नागरिकमा स्थापित गराउन महाधिवेशनमार्फत समयसापेक्ष नीति, नेतृत्व परिवर्तन र पुनर्मूल्याङ्कन गर्ने स्थापित परम्परा छ । दल र त्यसको नेतृत्व समयसापेक्ष परिवर्तन भएन भने नागरिक विश्वास गुम्दै जान्छ । बहुदलीय व्यवस्थामा त व्यक्तिभन्दा सङ्गठनको साख जोगाउन सक्नुलाई महìवपूर्ण मानिन्छ ।

नेपालको ऐतिहासिक विरासत बोकेको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको १४औँ महाधिवेशन हालै सम्पन्न भएको छ । मुलुक र मुलुकवासीको दीर्घकालीन हित, समयसापेक्ष नयाँ नीति र भावी कार्यदिशामा मौन रहे पनि महाधिवेशनले रूपान्तरण र पुस्तान्तरणको नयाँ सन्देश स्थापित गरेको छ । यो मात्र पर्याप्त होइन । राज्य निर्माणमा महìवपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक संस्था क्रमशः क्षयीकरण हुन थालेको अवस्थामा पुरानो र नेतृत्वदायी पार्टी काँग्रेसको महाधिवेशनले एउटा दिशा लिनुपथ्र्यो । संवैधानिक संस्थाहरूको सुदृढीकरणको एजेन्डासहित स्थानीय तहको निर्वाचनलाई ध्यान दिएर नागरिकको विश्वास जित्न पनि काँग्रेसले माथि उल्लिखित चार विषयमा (मुलुक र मुलुकवासीको दीर्घकालीन हित, समयसापेक्ष नयाँ नीति र भावी कार्यदिशा) छिट्टै आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ ।

सत्ताको नेतृत्वमा पनि रहेकाले सहअस्तित्व र न्यायका आधारमा राज्यलाई बलियो बनाउनुपर्ने दायित्व काँग्रेसको काँधमा छ । महाधिवेशन प्रतिनिधिले काँग्रेस विविधताबीचको एकता हो भने सन्देश विवेकसम्मत निर्णयबाट दिएका छन् । त्यसलाई बचाइराख्न पनि अब पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी नेतृत्वमा थपिएको छ । नागरिकको जीवनस्तरमा उत्साहजनक परिवर्तन ल्याउने दायित्वको कार्यभार पूरा गर्नुपर्ने दायित्व पनि सँगसँगै निर्वाह गर्नुपर्छ । यतिबेला काँग्रेसले फेरि एक पटक मुलुकलाई सहज रूपमा अघि बढाउने उत्तम बाटो देखाओस् भन्ने आम अपेक्षा छ । यही अपेक्षा पूरा गर्ने दिशामा अघि बढ्यो भने मात्र महाधिवेशनको औचित्य पुष्टि हुनेछ ।

प्रजातन्त्र स्थापनाका क्रममा काँग्रेस पटकपटक विजयी भएको छ । प्रजातन्त्र प्राप्तिपछि त्यसलाई संस्थागत गर्ने क्रममा धेरै पटक चुकेको पनि छ । विजयको सन्देश प्रवाह हुन नपाउँदै पराजयको नियति भोग्नु परेको छ । काँग्रेसको पराजयमा नागरिकका सपना मात्र हारेको छैन, मुलुकले आफ्नो पक्षमा स्वतन्त्र निर्णय लिने हैसियतसमेत गुमाएको छ । फुट र कलहले काँग्रेसको मात्र अहित भएको छैन, मुलुकलाई समेत नोक्सान पु¥याएको छ । यहाँनेर स्मरणीय छ, झन्डै दुईतिहाइ मत ल्याएका कम्युनिस्ट पनि आपसी कलहले फुटेका छन् भन्ने उदाहरण काँग्रेसको हकमा लागू हुँदैन, किनकि उनीहरूले नागरिक हित कहिल्यै चाहेनन्÷चाहँदैनन् । आफू र आफ्नाबाहेक कम्युनिस्टको प्राथमिकतामा नागरिक पर्दैनन् । आफूलाई कम्युनिस्ट भन्नेहरू अधिकार र शक्तिमा विश्वास गर्छन् । विवेक, उदारता, परोपकारजस्ता मानवीय स्वभावलाई आधार मान्दैनन् । लोकतन्त्रको सपना त धेरै परको कुरा भयो । लोकतन्त्रका नाममा नाजायज फाइदा उठाएर राज्य र पार्टीको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्न खोज्दा केपी शर्मा ओलीको के हालत भयो ?

काँग्रेसको पहिलो प्राथमिकता राष्ट्रियताको सम्बद्र्धन र नागरिक हित हुनुपर्छ । काँग्रेस राष्ट्रवादी हो भन्ने सन्देश व्यवहारबाट देखाउनुपर्छ । सामाजिक न्यायका सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्न सक्यो भने लोकतन्त्रको भविष्य सुरक्षित हुनेछ । लोकतन्त्र संस्थागत गर्दै आम नागरिकलाई यसप्रति विश्वास दिलाई पार्टीप्रति भरोसा जगाउन सक्यो भने काँग्रेसको मात्र होइन, देशकै भविष्य उज्ज्वल छ । त्यसका लागि भागबण्डाको राजनीतिक गन्ध कोही कसैबाट पनि आउनु हँुुदैन । इतिहासको ब्याज खाने काम मात्र नगरी समुन्नत नेपालको सपना साकार पार्न पनि नेतृत्वमा नयाँ योजना, त्यसलाई कार्यान्वयन गर्ने साहस र नागरिकप्रतिको समर्पणभाव आवश्यक छ । बहुदलीय व्यवस्था साधन मात्र हो, साध्य त राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि हो भन्ने मूल मन्त्रलाई काँग्रेसले अनुशरण गर्न सक्यो भने मात्र मुलुक र नागरिकप्रति उसले न्याय गरेको ठहरिनेछ । महाधिवेशनले निर्वाचित गरेको नेतृत्व यो बाटोमा हिँड्यो भने अगाडिको यात्रा सुरक्षित पनि हुनेछ ।

सबै क्षेत्र सुधार्ने राजनीतिले नै हो । राजनीति सफा भयो भने सबै क्षेत्रमा सुधारका सङ्केत देखिन थाल्छन् । त्यसका लागि काँग्रेस आधुनिक कांँग्रेस बन्नुपर्छ । काँग्रेस मात्र आधुनिक भयो भने समाजले पनि आधुनिकीकरणको जग हाल्नेछ । महाधिवेशनले काँग्रेसको नेतृत्व अब युवा पुस्तामा रूपान्तरण भएको मात्र सन्देश दिएको छैन, पार्टीभित्र गुट तथा उपगुटको औचित्य छैन भन्ने तथ्य पनि स्थापित गरिदिएको छ । अस्थिरताको जड नै पार्टीभित्रको गुट र उपगुट हो । यो रोगबाट कांँग्रेस स्थापनाकालदेखि नै ग्रसित थियो । यो महाधिवेशनले त्यसको अन्त्य गरिदिएको छ, जुन सुखद हो । अब निर्माण गरिने नीतिले काँग्रेस र मुलुकको राजनीति मात्र होइन, आम नेपाली जनताको भाग्य बदल्ने हुनुपर्छ । दलहरूभित्रको अराजनीतिक, अनैतिक गुटबन्दीको सिकार आम नागरिक हुन नपरोस् । गुटबन्दीका कारण जनताको कार्यादेशअनुसार काम हुन नसक्दा नेकपा छिन्नभिन्न मात्र भएन, पछिल्लो तीन वर्षका कारण मुलुकको विकासक्रम धेरै पछि धकेलिएको तथ्यलाई सँगसँगै स्मरण गर्नुपर्छ ।

काँग्रेसले राजनीतिक र नैतिक संस्कार स्थापित गर्न सक्यो भने मुलुककै राजनीति सफा र सङ्ग्लो बन्न सक्छ । मुलुकको आर्थिक र सामाजिक रूपान्तरण काँग्रेस सुध्रिए मात्र सम्भव छ । किनकि दलीय गुट उपगुटको सिकार मुलुक हुनुपरेको छ । अब राजनीतिक नैतिकता, इमान र चरित्रमा सुधार आउनैपर्छ । लोकतन्त्रको मूल्य मर्यादा कायम राख्ने हो भने महाधिवेशनबाट जित्नेहरू सबैको अभिभावक हुनुपर्छ भने हार्नेले सहयोग गर्नुपर्छ । कुँडिएका र भाँचिएका मन र मतलाई एकीकृत गर्नुपर्छ । नेतृत्वले कसैलाई अन्याय गरेन र क्षमताअनुसार जिम्मेवारी दियो भने गुट–उपगुटको राजनीति स्वतः अन्त्य हुनेछ । त्यसले भाँचिएका लोकतान्त्रिक मन मात्र होइन, कुँडिएको विभाजित मत पनि आफ्नो पक्षमा आउने छ ।

राष्ट्रिय शक्तिको मेलमिलापले मुलुकमा अकल्पनीय परिवर्तन भए । परिवर्तन संस्थागत हुने बेला त्यही राष्ट्रिय शक्ति छिन्नभिन्न हुँदा अरूले हेप्ने मौका पाए । दलीय नेतालाई बाहिरी शक्तिले आफू अनुकूल प्रयोग गरे । जसको बेफाइदा हामीलाई भयो । बाहिरी सल्लाहमा आफू गल्ती गर्ने दोष अरूलाई थोपर्ने नेतृत्वको चरित्रमा सुधार आउनैपर्छ । फेरि एक पटक राष्ट्रिय चरित्रको निर्माण हुनुपर्छ । राष्ट्रिय मुद्दामा एउटै स्वर गरेर अघि बढ्यौँ भने हामीलाई कसैले पनि हेप्न सक्दैन ।

ज्यान मुद्दाको पर्वाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछिको परिणाम थियो जनमत सङ्ग्रह । जनमत सङ्ग्रहमा पराजित भए पनि बीपीले ससम्मान स्वीकार गर्नुभयो । त्यो लोकतान्त्रिक मान्यताको चरित्र थियो । सुधारको थालनी आफूबाटै हुनुपर्छ अनि मात्र अरूलाई सुध्रन कर लाग्छ भन्ने उहाँको सन्देशकै कारण जनमत काँग्रेसको पक्षमा उर्लिएको थियो । जसले २०४६ को परिवर्तन सम्भव भएको हो ।

नयाँ नेतृत्व र युवा पुस्ताले यसलाई कसरी लिन्छ, त्यसको अर्थ हुनेछ । नारामा रूपान्तरण भनिएको छ तर त्यो रूपान्तरणलाई कुन अर्थमा प्रयोग गरिन्छ भन्ने चुनौती पनि त्यत्तिकै गम्भीर छ । रूपान्तरणको अर्थ नैतिक मूल्यमान्यता र निष्ठाको विजय हुनुपर्छ भन्ने हो । राजनीति भनेको बेइमानी र तत्कालको फाइदा होइन भन्ने सन्देश स्थापित गर्नु आवश्यक छ । स्वार्थ, अराष्ट्रिय सोच र भ्रष्टाचारको जञ्जालबाट मुलुकलाई बाहिर निकाल्न काँग्रेस अग्रसर हुनैपर्छ । विदेशिन चाहने युवालाई स्वदेशमै रोक्ने र विदेशिएका युवालाई स्वदेश फर्काउनेबारे काँग्रेसको स्पष्ट दृष्टिकोणको खाँचो छ । युवाले आर्जन गरेको शिक्षा, ज्ञान, श्रम र सीप स्वदेशमा उपयोग गर्न कस्तो नीति बनाउने र युवालाई स्वदेशमै कसरी खुसी बनाउने भन्नेबारे मात्र स्पष्ट हुन सकियो भने भावी पुस्तालाई काँग्रेसका नाममा राजनीति गर्न सहज हुनेछ । -गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज