Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शरीरमा आउने अनावश्यक रौंलाई कसरी हटाउने ? यस्तो छ सजिलो तरिका

Author Avatar साझा न्यूज 5th January 2022 , 8:42 PM
शरीरमा आउने अनावश्यक रौंलाई कसरी हटाउने ? यस्तो छ सजिलो तरिका

काठमाडौँ । सामान्यतया महिलाको अनुहार र हातखुट्टामा पनि कम मात्रामा रौं पलाउने गर्छ। केटाहरूको दारी आउँछ केटीहरूको आउँदैन। तर कतिपय केटीहरूको पनि जुँगाको रेखी बस्ने गालामा रौं पलाउने जस्ता समस्याले उनीहरूलाई सताइरहेको हुन्छ। यसलाई कसरी रोक्ने ? तल उल्लेख गरिएको छ।

हर्सुटिज्म के हो ?

हर्सुटिज्म महिलाहरूमा हुने एक यस्तो स्थिति हो, जसमा अनुहार छाती र पीठमा पुरुषहरुको जस्तै अत्यधिक मात्रामा रौंहरू पलाउने गर्छ। एन्ड्रोजन नामक पुरुष हर्मोन अत्यधिक बढेपछि यस्तो समस्या सिर्जना हुन्छ।

यसमा विशेष रूपले टेस्टोस्टेरोन हार्मोनले अहम् भूमिका खेल्ने गर्छ। यस्तो समस्या पुरुषमा समेत धेरै देखिन्छ। हर्सुटिज्मबाट छुटकारा पाउनको लागि प्रभावकारी उपचारको केही विकल्प पनि हुन्छ।

हर्सुटिज्मको लक्षण

हर्सुटिज्ममा महिलाहरूको शरीरको केही यस्तो हिस्सामा बाक्लो किसिमले रौं पलाएको हुन्छ, जहाँ आम रुपले कपाल पलाउने गर्दैन। अनुहार छाती, पेटको तल्लो भागमा यस्तो रौं आउने गर्छ।

एन्ड्रोजन नामक हर्मोनको स्तर बढ्ने र बिस्तारै अन्य लक्षण समेत विकसित हुँदा धेरैलाई झण्झट उत्पन्न भइरहेको हुन सक्छ। यस प्रक्रियालाई विरिलाइजेसन भन्ने गरिन्छ। विरिलाइजेसनको निम्न लक्षण हुन सक्छ :

आवाजमा भारीपन आउनु, तालु खुइलिनु, स्तनको आकार कम हुनु, मांसपेशीमा वृद्धि हुनु, क्लाइटोरिस बढ्नु ।

हर्सुटिज्मको कारण

हर्सुटिज्मको कैयौं कारणहरू हुने गर्छन्। जुन निम्नानुसार छन्।

पोलिसिस्टिक ओवरी सिन्ड्म (पीसीओएस)

यो स्थिति प्रायः यौवन अवस्थामा सुरु हुने गर्छ। यसमा महिलाहरूमा सेक्स हर्मोनको सन्तुलन बिग्रन जान्छ। केही वर्षमा पीसीओएसको कारणले शरीरमा बिस्तारैबिस्तारै धेरै कपाल उम्रिन थाल्छ। अनियमित मासिक धर्म, मोटोपना, बाँझोपन र कहिलेकाहीँ अण्डाशयमा अल्सर हुने समस्या समेत हुन सक्छ।

कुसिङ सिन्ड्रम

यो कारण त्यतिबेला हुन्छ, जतिबेला कुनै पनि व्यक्तिको शरीरमा कोर्टिसोलको स्तर धेरै हुने गर्छ। यो प्रेडनिसोन जस्तो औषधिको लामो समयसम्म सेवन गर्ने या एड्रेनल ग्रन्थीद्वारा अत्यधिक कोर्टिसोल बन्ने कारण हुन सक्छ।

कन्जेनाइटल एड्रेनल हाइपरव्लासिया

यो एक आनुवांशिक स्थिति हो। जसमा एड्रेनल ग्रन्थीहरूद्वारा कोर्टिसोल र एन्ड्रोजन सहित स्टेराइड हर्मोनको असामान्य रूपले उत्पादन हुन सक्छ। ट्युमर अण्डाशय या एड्रेन ग्रन्थीहरूमा ट्युमर समेत कैयौं पटक हर्सुटिज्मको कारण बन्न सक्छ।

हर्सुटिज्मबाट कसरी बच्ने ?

आमृपमा हर्सुटिज्मलाई रोक्न सकिँदैन। तर यदि तपाईं धेरै तौलको हुनुहुन्छ भने वजन कम गर्नको लागि हर्सुटिज्मलाई नियन्त्रण गर्नमा मद्दत मिल्ने गर्छ। यो पोलिसिस्टिक ओभरी सिन्ड्रोमको स्थितिमा समेत धेरै जरुरी हुन्छ।

हर्सुटिज्मको औषधि

आवश्यकभन्दा धेरै कपालबाट छुटकारा पाउनको लागि यस्तो तरिका पनि अपनाउन सकिन्छ।

कपाल खौरनु

रेजर या अन्य मेसिनको प्रयोग गरेर अनावश्यक रौंलाई सजिलै हटाउन सकिन्छ। धेरै कपाल हटाउनको लागि दैनिक खौरनु आवश्यक पर्छ। यदि रौं खुर्कँदा छालामा जलनको महसुस हुन्छ भने क्रिम लगाउन सक्नुहुन्छ।

थ्रेडिङ

कपाललाई जरैदेखि उखेल्नको लागि अलगअलग तरिका अपनाउन सकिन्छ। यदि तपाईं चिम्टाको उपयोग गरेर या प्रक्रियागत हिसाबले थ्रेडिङ गरेर पनि अनावश्यक कपाल निकाल्न सक्नुहुन्छ। तर यी तरिकाले छालामा धेरै दुखाइ हुन्छ।

वाक्सिङ

अनावश्यक रौंलाई हटाउनको लागि वाक्सिङ विधि पनि उपयोगी हुन्छ। यस प्रक्रियाले लामो समयसम्म कपाल नआउने र अतिकम मात्रामा कपालको विकास हुने गर्छ।

क्रिमको प्रयोग

कतिपयले क्रिमको प्रयोग गरेर पनि शरीरको विभिन्न भागमा आएको रौंलाई नियन्त्रण गर्ने गरिन्छ। यसलाई डेपिलाडोरिज भन्ने गरिन्छ। यो क्रिम संवेदनशील छालाको लागि नोक्सानदायक हुने गर्छ। यसको लागि धेरै मात्रामा क्रिमको उपयोग गर्नुपूर्व आफ्नो छालामा त्यो कति उपयोगी छ ? भन्ने बारेमा जानकारी लिनु आवश्यक छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज