आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको मूल्य तोक्दै सुन १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँ थियो । माघ २ गते तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढीरहेको छ ।
त्यसयताका तीन दिन लगातार एक सय रुपैयाँका दरले सुनको मूल्य बढीरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एकै दिन ३० रुपैयाँले बढेको हो ।















































