Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वर्षौंदेखि अलपत्र लुम्बिनीका दुई पुल, पप्पुलाई हटाएपछि रमणको ‘इन्ट्री’

Author Avatar साझा न्यूज 28th January 2022 , 2:56 PM
वर्षौंदेखि अलपत्र लुम्बिनीका दुई पुल, पप्पुलाई हटाएपछि रमणको ‘इन्ट्री’

भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत वनगाईस्थित बेथरी पुलमा सधैँ जाम हुन्छ । लुम्बिनी रोड फोर लेनको भए पनि उक्त पुल साँघुरो भएकाले सवारी साधन दोहोरो सञ्चालन हुन सक्दैन । जसले गर्दा सधैं सवारी जाम हुने गरेको छ भने प्रहरीलाई गाडी पास गराउन सास्ती हुने गरेको छ ।

सडक विस्तारसँगै पुल पनि निर्माण गर्नुपर्ने हो तर पुलको निर्माणको काम वर्षौंदेखि भएन । जसले गर्दा सडक विस्तारको प्रतिफलसमेत अनुभूति हुन सकेको छैन । उक्त पुल निर्माणको जिम्मा चर्चित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले पाएको हो । उसले लुम्बिनी रोडमा पर्ने तिनाउ खोला र दानव नदीमा पुल बनाउनका लागि ८ वर्षअघि सम्झौता गरेको थियो । तर अहिलेसम्म पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । जसले गर्दा भैरहवाबाट लुम्बिनी जाने आउने यात्रीले निकै सास्ती व्यहोर्नु परेको छ ।

बुटवलबाट दैनिक लुम्बिनी विश्व विद्यालयमा जाने कर्मचारी लेखनाथ न्यौपाने पुल साँघुरो हुँदा ५ देखि ७ मिनेट सधैँ जाममा बस्नुपर्ने बताउँछन् । कहिलेकाहीँ १० मिनेटभन्दा धेरै समय पुलमा पालो पर्खेर रोकिनुपर्ने अवस्था रहेको उनले बताए ।

लुम्बिनीबाट बुटवल आउने कतिपय मानिस त्यही पुलको जामले गर्दा रामापुरको बाटो हुँदै यात्रा गर्ने गरेका छन् । वनगाईस्थित तिनाउ खोलाको पुल र दानव नदीको डण्डा पुल निर्माण आठ वर्ष अगाडि अलपत्र हुँदा बुटवल, भैरहवा हुँदै लुम्बिनी जाने सवारीलाई समस्या परेको पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले बताए ।

ठेकेदारले न यात्रुको गुनासो सुने, न कसैको दबाबलाई टेरे

०७३ सालमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनी पप्पु बागमती जेभी कन्स्ट्रक्सनले ०७१ असार २५ गते सम्झौता गरेको थियो । लुम्बिनी प्रदेशसभा सदस्य फखरुद्दीन खानले छिटो काम सम्पन्न गर्न पटक पटक ठेकेदार कम्पनीलाई आग्रह गरे पनि बेवास्ता गरेको आरोप लगाए ।

लुम्बिनी पुग्ने मुख्य मार्गमा बन्न लागेका दुई ठूला पुल ८ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बन्दा ठेकेदार कम्पनीले न यात्रुहरूको गुनासो सुने, न त कसैको दबाबलाई टेरे ।​ हवाईमार्गबाट भैरहवा आएका, सुनौलीबाट नाका हुँदै भारतबाट आएका, पूर्वी क्षेत्रबाट लुम्बिनी घुम्न आएका पर्यटक बोकेका सवारी साधन तथा नियमित यो बाटोमा सञ्चालन भएका सवारी साधन मारमा पर्ने गरेका छन् ।

पुल पुरानो र साँघुरो भएकाले समस्या परेको लुम्बिनीका होटल व्यवसायी खेम श्रेष्ठले  बताए । उनले भने, ‘एउटा पुल पुरानो र साँघुरो छ भने अर्को जीर्ण भएका कारण आवागमन एकोहोरो गरिएकोले ढिला हुन्छ । जाममा बस्दा यात्रुलाई पनि दिक्क लाग्छ । त्यसको असर लुम्बिनी आउने पर्यटकहरूलाई स्वाभाविक रुपमा पर्छ ।’

लुम्बिनी विकास कोषका सूचना अधिकारी हरिध्वज राईका अनुसार लुम्बिनी आउने ८० प्रतिशत पर्यटक त्यही बाटो भएर आउने गर्दछन् । आउँदा बाटो राम्रो भए पर्यटकहरूलाई भिन्नै आनन्द हुन्छ तर पुलमा अलि समस्या हुँदा नराम्रो मान्ने गरेको उनले बताए ।

अब पप्पु आउट, रमण इन

उक्त पुल निर्माणको म्याद थप गर्दै २०७५ असार मसान्तको समय सीमा तोकिएको थियो । तर तिनाउ पुलको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ भने डण्डातर्फ २५ प्रतिशत काममात्र भएको छ ।

तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड दुई लाख ५६ हजार दुई सय १२ रुपैयाँ भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले तीन करोड १६ लाख ९८ हजार पाँच सय ५० रुपैयाँ अर्थात् ५३ प्रतिशत भुक्तानी लिइसकेको छ । त्यस्तै दानव नदीको डण्डा पुल पाँच करोड ५६ लाख ८० हजार एक सय १५ रुपैयाँमा भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले दुई करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात् ४३ प्रतिशत भुक्तानी लिइसकेको छ ।

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले हालै विभागबाट पप्पुको ठेक्का तोडिएको बताए । उनले भने, ‘भर्खरमात्र त्यो ठेक्का तोडेर नयाँ ठेक्का लगाएको जानकारी विभागले दिएको छ, अब नयाँ ठेकेदार कम्पनीले बाँकी काम गर्छ ।’

नयाँ ठेकेदार कम्पनी रमण रियल होम ईन्फोटेक जेभी ललितपुर रहेको उनले बताए । तिनाउ र डण्डाको बाँकी काम गर्नका लागि १० करोडमा ठेक्का सम्झौता भएको छ । केही महिनाअघि सोही कार्यालयले फिल्डबाट प्रतिवेदन लिएर विभाग पठाएकोमा विभागले ठेक्का तोड्ने निर्णय गरेको हो । तर नयाँ ठेकेदारसँग सम्झौता भर्खरमात्र भएकोले सम्झौता बोर्ड राख्ने, रकम उल्लेख गर्ने आदि काम अझै भएको छैन । पाण्डेले भने, ‘विभागमा भर्खर सम्झौता भएकोले विस्तृत विवरण यहाँ आउन बाँकी छ । छिटै आएर काम पनि गर्नुहुन्छ होला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज