साझा न्यूज । तौलिहवा
हृदयघातबाट मृत्यु भएका खाता होल्डरको परिवारलाई एनआईसी एसिया बैंक तौलिहवा शाखाले १० लाख रुपैया हस्तान्तरण गरेको हो । कपिलवस्तु नगरपालिका वडा नं. १ का मोहन बहादुर पौडेलको प्रथम हृदयघातका कारण निधन भए पछि एनआईसी एसिया बैंकको तौलिहवा शाखाले विमा वापतको रकम उनकी पत्नी राधा थापालाई १० लाख रुपैया हस्तान्तरण गरेको हो ।
मृतक पौडेलले सो बैंकमा १ लाख रुपैया मौज्दात रहने सर्वश्रेष्ठ बचत खाता अन्र्तगत गुडविल एम्बेस्डर खाता खोलेका थिए । बैंकका लुम्विनी प्रदेश कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले विमा वापतको सो चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बैंकका लुम्विनी प्रदेश कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले आम सर्वसाधारणले आर्थिक भार वहन गर्न सघाउ पुर्याउने उद्देश्यले एनआईसी एसिया बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै दुर्घटना वीमा लगायत विभिन्न घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको बताए ।

वीमा सहितको निक्षेप योजना अन्र्तगत हाल सम्म देशभरका ६ सय ५५ जना ग्राहकले वीमा वापतको ३ करोड ९५ लाख रुपैया बढी रकम प्राप्त गरिसकेको एनआईसी एसिया बैंकले जनाएको छ । बैंक पनि साथी पनि भन्ने स्लोगनलाई एनआईसी एसिया बैंकको यस्तो कल्याणकारी योजनाहरुले चरितार्थ गर्दै आफ्ना सवै खाता होल्डरहरुलाई बैंकले साथी बनाउन समेत सफल भएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा बैंकका लुम्विनी प्रदेश कार्यालयका उपप्रमुख दिपक आचार्या, तौलिहवा शाखा प्रवन्धक सुरज गुप्ता, कपिलवस्तु नगरपालिकाका पुर्व उपमेयर बासुदेव प्रसाद कसौधन, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
















































