Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नगरपालिकामा आईसियु र भेन्टीलेटरसहितको एम्बुलेन्स

Author Avatar साझा न्यूज 3rd February 2022 , 7:01 PM
नगरपालिकामा आईसियु र भेन्टीलेटरसहितको एम्बुलेन्स

तौलिहवा, माघ २० गते । कपिलवस्तुको कपिलबस्तु नगरपालिकाले कोरोनाको तेस्रो लहर तीब्र रुपमा फैलिरहेका बेला आईसियु र भेन्टीलेटरसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जटिलखालको बिरामीलाई लक्षित गरी नगरपालिकाले फोर्स कम्पनीको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो । कपिलवस्तु नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने प्रक्रिया गत जेठमा नै अघि बढाएको थियो ।

कपिलवस्तु नगरपालिकाका नागरिकलाई स्वास्थ्य सेवाको क्षेत्रमा विषेश सेवा दिने उद्देश्यले आईसियु र भेन्टीलेटर सहितको एम्बुलेन्स खरिद गरिएको नगरप्रमुख किरण सिंहले बताउनुभयो । कोराेना र बिभिन्न प्रक्रिया नमिल्दा एम्बुलेन्स खरिद गर्न ढिलाई भएको उहाँको भनाइ छ ।

काठमाडौंको प्राइम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुँदै एम्बुलेन्स नगरपालिकामा पठाएको हो । एम्बुलेन्सको लागत ७३ लाख रुपियाँ हाराहारीमा रहेको खरिद समितिका सदस्य तथा नगरपालिकाका इन्जीनीयर राजेश सैनीले बताउनुभयो । एम्बुलेन्समा आईसियु, भेन्टीलेटरसहित जटिलखालका बिरामीलाई भित्रै उपचार गर्न मिल्ने सेवा उपलब्ध रहेको इन्जीनियर सैनीले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्समा जीपिएस सिस्टम छ ।

जिल्लामै पहिलो पटक भेन्टीलेटरसहितको एम्बुलेन्स आएपछि नगरबासी खुशी भएको खरिद समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले बताउनुभयो । यसअघि बुटवलको लुम्बिनी प्रदेश अस्पताल र बाँकेको भेरी अस्पतालमा मात्र यस्तोखाले एम्बुलेन्स रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज