Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्यूठान जन्ती जीप दुर्घटनाः एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित मृतक ७ जनाको सनाखत

गम्भीर घाइते बेहुलीसहित ३ जनालाई बुटवल पठाउने तयारी

Author Avatar साझा न्यूज 5th February 2022 , 9:18 AM
बेहुला-बेहुलीसहित जन्ती जिप दुर्घटनाः मृतकको संख्या ८ पुग्यो

प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये सात जनाको सनाखत भएको छ।

दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ।

गौमुखी गाउँपालिका वडा नं। ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए।

त्यस्तै अन्य मृतकमा २९ वर्षीया केशरी खड्का, गाडी चालक ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्का छन्। एक जनाको भने सनाखत हुन बाँकी रहेको अध्यक्ष गिरीले  जानकारी दिए।

अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी छन्।

घाइतेमध्ये बेहुलीसहित तीन जनाको अवस्था गम्भीर छ। अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरै घाइतेको मृत्यु भएको बताए।

‘रातभर पानी केही घाइतेको कठ्याङ्ग्रीएरसमेत घटनास्थलमै मृत्यु भएको हुनसक्छ,’ उनले भने, ‘थप दुई जनालाई पनि अस्पताल पुर्‍याउना साथ मृत घोषणा गरिएको थियो। अन्य चार घाइतेको अवस्था पनि गम्भीर छ।’

जन्तीमा गएकाहरू दुर्घटनामा पर्नुले गाउँपालिकामा सन्नाटा छाएको उनले बताए।

प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले ६ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको हो।

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ ।

रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अहिले भने वर्षा रोकिएको छ ।

बेहुला-बेहुलीसहित जन्ती जिप दुर्घटनाः मृतकको संख्या ८ पुग्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज