Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगाबाट राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु हुदैं

Author Avatar साझा न्यूज 25th February 2022 , 7:39 PM
बाणगंगाबाट राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु हुदैं

कपिलवस्तु, फागुन १३

सोमबारदेखि बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा नै पहिलो पटक बाणगंगाबाट राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य सुरु गर्ने भएको हो । जसका लागी आज शुक्रबार बाणगंगा नगरपालिका अन्तर्गत वडाध्यक्ष तथा सचिव एवम् रुजु अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रशिक्षित गर्नुभएको छ ।

राष्ट्रिय परिचय पत्रका लागी आवश्यक जनशक्ति तथा उपकरणहरु आईतबारसम्म पठाउने तयारी भईरहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । उहाँले बाणगंगाका ११ वटा वडाबाट नै अब राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता गर्न मिल्ने बताउनुभयो । राष्ट्रिय परिचय पत्रका लागी जिल्ला प्रशासन कार्यालयमा स्थायी रुपमा स्टेशन रहेको र यसका लागी नाम दर्ताको काम निरन्तर भईरहने उहाँको भनाई छ । उहाँका अनुसार दैनिक ६० देखि ९० जनाको विवरण दर्ता गर्न सकिने छ । नागरिकता प्राप्त गरेकाले मात्र यसका लागी नाम दर्ता गराउन सक्ने जानकारी दिदैं प्रजिअ पाण्डेले बाणगंगा करिब ५३ हजारको नाम दर्ता गरिने बताउनुभयो ।

नागरिकता प्रमाणपत्र लिन आउनेहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्रका लागि निवेदन दिन सक्नेछन् र स्थानीय तहहरुमा घुम्ति सेवा सञ्चालन गरेर पनि निवेदन संकलन गरिने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । यसले आम नागरिकको सम्पूर्ण विवरण सुरक्षित राख्नुका साथै अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सो कार्यक्रममा राष्ट्रिय परिचय पत्रको महत्वको बारेमा जानकारी साथै यसको महत्वको बारेमा छलफल समेत भएको थियो ।

राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ । सो उक्त कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु, उपप्रमुख चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुसहित सरकारले ७७ जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको छ । यसैबीच नगरपालिकाले आवश्यक कागजात सहित वडा कार्यालयमा उपस्थित भई नाम दर्ता गराउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज