-संजय कुशवाहा / नवलपरासी
पश्चिम नवलपरासी प्रहरीले ९ लाख ३२ हजार ९ सय ५० मुल्य बराबरको अबैध स्याउ बरामद गरेको छ ।
शनिबार प्रतापपुर गाउँपालिकावडा न.२ गोपीगंज स्थितबाट दक्षिणतर्फ जादै गरेको लु१ख ९८१७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ३ ९७ कार्टुन ७९४० किलो अबैध स्याउ ईलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी निरीक्षक सहित खटिएको संयुक्त टोलीले बरामद गरेको हो ।
नियन्त्रणमा लिईएको स्याउसहित ट्रकलाई आवश्यक कार्यवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिइएका छन् ।
















































