Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सहकारीको १२ करोड अपचलन काण्डः अदालतद्वारा ५ जना कसुदार ठहर

४५ जनाले पाए सफाई

Author Avatar साझा न्यूज 29th March 2022 , 8:35 PM
सहकारीको १२ करोड अपचलन काण्डः अदालतद्वारा ५ जना कसुदार ठहर

दुई वर्षदेखि चलेको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड रुपैयाँ अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका छन्। अदालतले ३ जना कर्मचारी र २ जना बचत संकलकर्तालाई कसुदार ठहराएको हो। सो मुद्दामा ४५ जनाले भने सफाई पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए।

अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरेको, सहकारी रकम हिनामिना र ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो। सहकारीको व्यवस्थापक अभिनाषदेव पाण्डेय, पूर्व व्यवस्थापक निलाभचन्द्रदेव पाण्डेय, कर्मचारी राजेश कान्दु र बचत संकलनकर्ताहरु श्रवणकुमार गुप्ता तेली र सुन्दरकेशव गुप्तालाई अदालतका न्यायाधीश तजेन्द्रप्रसाद सापकोटाको ईजलासले कसुरदार ठहराएको हो।

राजेश, श्रवण र अभिनाष अदालतको आदेशमा यसअघि नै थुनामा रहँदै आएका छन्। सो मुद्दामा थुनामा रहको कर्मचारी राकेशकुमार ठाकुरले भने सफाई पाएका छन्। यस्तै फरार प्रतिवादीहरु ल्क्ष्मी आचार्य, सुनिता अग्रहरी र बिनिता न्यौपानेको हकमा भने मुद्दा मुल्तबी राखिने आदेश भएकौ श्रेस्तेदार पाण्डेयले बताए। तीनै जना विदेश भएकाले अदालतमा हाजिर हुन नसकेको परिवार श्रोतले जनाएको छ। पदाधिकारीहरुको हकमा सहकारी संस्थाको रकम हिनामिना गरे भन्ने बादीको अभियोग पुग्न नसक्ने ठहर गरिएको छ।

अदालतमा २०६६ साल देखि २०७६ सालसम्मका कार्य समिति उपसमिति कर्मचारीहरुलाई मुद्दा लगाएको थियो। सहकारी ऐन अनुसार चार वर्षदेखि ६ वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना हुने व्यवस्था छ। कसुरदार ठहरिएका ५ जनालाई ३० दिन भित्र सजाय निर्धारण गरिने फैसलामा भनिएको छ। फैसला कार्यान्वयनका लागि अदातलका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५÷१५ दिन भित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको छ।

यस्तै मुद्दा चल्नु् पूर्व रहेका समिति र लेखा समितिलाई एक हप्ता भित्र बिशेष साधारण सभा बोलाउन निर्देशन गरिएको छ। समितिलाई अदालतले बिभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

भर्खरै प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज