साझा न्यूज । तौलिहवा
नेपाली कांग्रेसका नेता डाक्टर रुद्र प्रताप शाहको निधन प्रति नेपाली कांग्रेसका नेता एवंम् पूर्व पार्टी सभापति सुधाकार पाण्डेयले शोक व्यक्त गरेका छन् ।
पार्टीका पुराना नेताका रुपमा रहेका डाक्टर शाहको नेपाली कांग्रेस कपिलबस्तुको पार्टी संगठनमा ठूलो भुमीका रहेको स्मरण गर्दै उहाँको निधन प्रति नेता पाण्डेयले दुखः व्यक्त गरेका हुन् । नेता पाण्डेयले दुखको यस घडिमा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै आम कांग्रेसीजनमा ठूलो क्षति पुगेको बताएका छन् ।
















































