Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुडिरहेको रेलमै महिलामाथि सामुहिक बलात्कार

Author Avatar साझा न्यूज 1st June 2022 , 7:42 PM
गुडिरहेको रेलमै महिलामाथि सामुहिक बलात्कार

काठमाडौं । पाकिस्तानमा गुडिरहेको रेलमै एक महिलालाई तीन पुरुषले सामुहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी महिलालाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामुहिक बलात्कार भएको प्रहरीले बताएको छ ।

रेलसेवाका प्रहरी अधिकारी फैजल शखरले मंगलबार यस घटनाबारे पत्रकारलाई जानकारी गराउने क्रममा बलात्कृत महिला दुई बच्चाकी आमा भएको बताए । शखरका अनुसार सोमबार घटनाबारे प्रहरीमा रिपोर्ट गरिए लगतै दुई जना शंकास्पद व्यक्ति पक्राउ परेको र अर्को तेस्रो व्यक्ति मंगलबार पक्राउ परेका छन् ।

घटना मुल्तानबाट कराँचीतर्फ जाँदै गरेको बहोद्दिन जाकारिया एक्सप्रेस रेलमा घटेको थियो । रेलको सुरक्षा तथा प्रशासन एक निजी कम्पनीले सम्हाल्ने गरेको हातमा रहेको समाचारहरुमा उल्लेख छ । घटना बाहिरिएपछि समाजका विभिन्न तप्काले आक्रोश व्यक्त गरेका छन् । मानवअधिकार संगठन, मिडिया, अभियन्तालगायत आमजनताले घटनामा संलग्नहरूलाई कडाभन्दा कडा सजाय दिन आग्रह गरेको छ ।

बुधबारको सम्पादकीयमा प्रमुख पाकिस्तानी समाचारपत्र डनले घटनालाई ‘ठूलो अपराध’ भन्दै रेलमा उपयुक्त सुरक्षा व्यवस्था नगरेको प्रति प्रश्न उठाएको छ । ‘कमजोर सुरक्षा व्यवस्थाले आपराधिक मानसिकता भएका पुरुषहरु तिनको कुत्सित मनोकांक्षा पुरा गर्न प्रेरित गराउँछ भन्ने बिर्सनु हुँदैन । कुनै पनि समाजको मूल्यको मानक त्यस समयको महिलाको सुरक्षा स्थितिले दर्शाउँछ ,’ डनले सम्पादकीयमा लेखेको छ ।

पाकिस्तानमा पछिल्लो समय धेरै यौन हिंसाका घटना बाहिरिएका छन् । सरकारी तथ्याङ्कअनुसार गत चार वर्षमा १४,००० भन्दा बढी महिला बलात्कृत भए र यीमध्ये जम्मा तीन प्रतिशत घटनामा मात्र दोषीले सजाय पाए । कमजोर प्रहरी अनुसन्धान, प्रशस्त कानुनी छिद्र र पीडितलाई न्यायका लागि प्रयास गर्न रोक्ने सामाजिक धारणाका कारण थोरै मात्र दोषी दण्डित हुने गरेका हुन् ।

‘बाहिर आएका औपचारिक तथ्याङ्क वास्तविक समस्याको सानो अंश मात्र हुनसक्छ । अधिकांश घटनाको प्रहरीमा रिपोर्ट नै हुँदैन,’ यौन हिंसासम्बन्धी तथ्याङ्क संकलन गर्ने राष्ट्रिय प्रहरी ब्यूरोले बतायो । पाकिस्तानको संसदले गतवर्ष एउटा कठोर बलात्कार विरोधी कानुन पास गरेको थियो, जसले बलात्कारीलाई रसायनिक रुपमा नपुङ्सक बनाउनेसम्म सजाय निदृष्ट गरेको छ ।

उल्लेखित कानुन लाहोरको राजमार्गमा एक जना पाकिस्तानी-फ्रेन्च महिलामाथि सामुहिक बलात्कारको प्रतिक्रियामा लागू गरिएको थियो । ती महिलाको उनकै बालबच्चाका अघि बलात्कार भएको थियो । कडा कानुनका बावजुद बलात्कारका घटना कम भएको छैन । -अल जजिराबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज