Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उद्योगी व्यवसायीका समस्या प्रति राज्य उदासीन

Author Avatar साझा न्यूज 11th June 2022 , 8:07 PM
उद्योगी व्यवसायीका समस्या प्रति राज्य उदासीन

अर्घाखाँची र जेठ (२८
उद्योगी व्यवसायीका समस्या प्रति राज्य उदासीन भएको भन्दै एक कार्यक्रमका सहभागीहरुले सरकारको ध्यानाकर्षण गराए ।
अर्घाखाँची उद्योग वाणिज्य संघ सन्धिखर्कको ८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्ने वक्ताहरूले मुलुकको बिकास र समृद्धिमा योगदान पुर्याउने व्यवसायीका समस्या समाधानको निम्ति राज्यले विशेष पहल गर्नुपर्ने वताए । उनीहरूले मुलुकमा सरकार भएको अनुभुती गर्न नपाएको गुनासो समेत गरे ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रको अधिकारको निम्ति राज्यको ध्यानाकर्षण गराए । अहिले व्यवसायीहरु सबै तिर बाट शोषणमा परेको भन्दै उनले कतैबाट पनि सहयोग पाउन नसकेको गुनासो गरे । सरकारले उद्योग सम्बन्धि निति नियम बनाउँदा समग्र उद्योग व्यापारको क्षेत्रलाई हेरेर बनाउनुपर्नेमा सिमित व्यक्तिको मुख हेरेर बनाउने गरेको प्रति उपाध्यक्ष श्रेष्ठको चिन्ता थियो ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश प्रमुख कृष्णप्रसाद शर्माले सरकारको स्थापना भन्दा पहिले स्थापना भएको निजि क्षेत्र बर्षौ देखि समस्यामा बल्झिएको बताए । मुलुकमा रोजगारीको सिर्जना गर्ने ,विना संकोच कर बुझाएर अर्थतन्त्र मजबुत पार्ने उद्योगी व्यवसायीलाई काम गर्ने अनुकूल वातावरण नभएको उनको गुनासो थियोे ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोईरालाले मुलुकको बिकास र समृद्धिको निम्ति निजि क्षेत्रले पुर्याएको योगदान अतुलनीय रहेको बताए । अर्थतन्त्र लाई बलियो पार्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले आफुले निजी क्षेत्र सँग मिलेर काम गर्ने बताए । निजिक्षेत्र सँग मिलेर काम गर्दा छिटो ,सहज र भरपर्दो हुने उनको भनाइ थियो । उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य समेत रहेका उनले सन्धिखर्कको बिकासमा सहकार्य गर्न निजी क्षेत्रलाई आवह्वान समेत गरे । श्रेष्ठले फरक सन्दर्भमा सन्धिखर्क नगर पालिकाले नगरको फोहरलाई मोहरमा परिणत गर्ने गरि काम भैरहेको समेत बताए ।
अर्घाखाँची उद्योग वाणिज्य संघ सन्धिखर्कका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता र महासचिव प्रदिप मिश्रको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमशेर मियाँ ,चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै उद्योगी व्यवसायीको पक्षमा आबाज उठाए ।
कार्यक्रममा महासचिव प्रदिप मिश्रले सांगठनिक र कोषाध्यक्ष तुल्सिराम खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उद्योग व्यापारको क्षेत्रमा रही योगदान पुर्याउने एक दर्जन बढी व्यवसायीलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा ठुलो संख्यामा उद्योगी व्यापारीको उपस्थिति रहेको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने छ ।
यसैबीच अर्घाखाँची उद्योग बाणिज्य संघ द्वारा जिल्ला अस्पतालमा निर्मित भवनको समेत एक समारोहबीच आज उद्घाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज