आरपी उपाध्याय
पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाले आर्थिक बर्ष २०७९, ८० का लागी निति तथा कार्यक्रम र बजेट सम्बन्धी अन्र्तकृया तथा सुझाव सकंलन कार्यक्रम बेलाटारमिा सम्पन्न गरेको छ । प्रतापपुर गाउपालिकाकी उपाध्इष मान कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले प्राप्त सल्लाह र सुझावलाई निति तथा कार्यक्रममा समावेश गरिने धारणा राख्दै गाउपालिकालाई बेथितिको संस्कार बाट मुक्त गराई नागरिक केन्द्रित कार्य गरिने बताउनुभयो ।
अन्र्तकृया कार्यक्रममा ईलाका प्रशासन कार्यालय सेमरीलाई ब्यस्थित गरिनुपर्ने, पालिका भित्रका सामुदायिक विद्यालयलाई नतिजामुखी बनाउनुपर्ने, शुसासन र नागरिक सम्मान कार्यक्रम ल्याई नतिजामुखी बनाउनुपर्ने कुरामाथि जोड दिइएको थियो । प्रतापपुर गाउपालिक अन्र्तगतका संघ सस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । सो अवसरमा जननिर्वाचित प्रतिनिधिहरु दलिय भावनाबाट मुक्त भएर प्रतापपुर गाउपालिका लाई आगामी ५ बर्ष भित्र नमुना बनाउन सबै पक्ष एक भएर लाग्नुपर्ने सुझाव पनि दिइएको थियो । प्रतापपुर गाउपालिकाको कार्यपालिका सदस्य जयकिशुन चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले
गर्नुभएको थियो















































