Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमीका १४ सय बढी मोतिबिन्दुका बिरामी अप्रेशनको पर्खाइमा

Author Avatar साझा न्यूज 15th June 2022 , 8:55 PM
बुद्धभुमीका १४ सय बढी मोतिबिन्दुका बिरामी अप्रेशनको पर्खाइमा

कपिलबस्तु- कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिकामा १ हजार ४ सय ७६ जना मोतिबिन्दुका बिरामीहरु आँखा अप्रेशनको पर्खाइमा रहेको तथ्यांक एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी अाँखा अस्पतालले बुद्धभुमी नगरपालिकाको गोरेसिंगेमा आयोजना गरेको “आँखा स्वास्थ्य र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका” बिषयक छलफल कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभाति रेशमबहादुर खड्काको अध्यक्षता र बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपमेयर मीरा थारुको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले नगरपालिकाभित्र देखिएको अन्धोपनको समस्यालाई न्युनीकरण गर्न आँखा अस्पतालसँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले सबै १० वटै वडाहरुले आप्mनो आप्mनो वडामा आँखा शिविरको आयोजना गर्न र आँखा स्वास्थ्यको लागि बजेटको बिनियोजन गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिनु भयो । प्रमुख अतिथी श्रेष्ठले आँखा अस्पतालसँगको साझेदारीमा बुद्धभुमी नगरपालिकाको प्राङगनमा हरेक शनिबार निःशुल्क आँखा चेकजाँच भैरहेको र यसको निरन्तरताको लागि समेत नगरपालिकाले थप सहयोग गर्ने बताउनु भयो ।

विशिष्ट अतिथीको आसनबाट बोल्दै बुद्धभुमी नगरपालिकाका उपमेयर मीरा थारुले नगरपालिकाभित्र रहेको १४ सय बढी मोतिबिन्दु रहेको तथ्य सार्वजनिक भैरहँदा यो बिषयले आफूलाई चिन्तित बनाएको बताउनु भयो । उहाँले यो संख्यालाई आगामी ३ बर्षभित्रमा आँखा अस्पतालसँग सहकार्य गरी न्युनीकरण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । छलफल कार्यक्रममा बुद्धभुमी नगरपालिका वडा नं. १ का अध्यक्ष तेजबहादुर बस्नेत र वडा नं. ३ का वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्यले आप्mनो वडामा रहेको अन्धोपनको समस्यालाई न्युनीकरण गर्नेमा आफूहरु कटिबद्ध रहेको बताउनु भयो ।

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासक शम्सेर थापाले नेपाल नेत्रज्योति संघ,दातृ निकाय ल्ब्द्यए,लुम्बिनी प्रदेशमा रहेको दृष्टिविहिनताको व्यापकता,नेपाल नेत्रज्योति संघ अन्तर्गत रहेका आँखा उपचार सेवाका तहहरु,नेपालको संविधानको मौलिक हक अन्तर्गत स्वास्थ्य सम्बन्धि हकको बिषय र राष्टि?य स्वास्थ्य नीति २०७६ ले नीतिगत रुपमा गरेका व्यवस्थाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

त्यसैगरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले आँखा स्वास्थ्य शिक्षाको बारेमा सहभागीहरुलाई भएको थियो । सो अवसरमा नेपाल नेत्रज्योति संघ,दाङका सल्लाहकार उमाकान्त पन्त ले शुभकामना मन्तव्य राख्नु भएको थियो । बुद्धभुमी नगरपालिकाका मेयर,उपमेयर,वडा अध्यक्ष,सदस्यहरु समेत गरी ७५ जना सहभागी रहेको कार्यक्रममा लमही आँखा अस्पतालका लजिष्टिक म्यानेजमेन्ट अफिसर मीना थापा मगर,प्रशासकीय सहायक कमल चौधरी,लेखापाल जेनिशा थापा लगायतको सहभागिता रहेको थियो । दातृ निकाय एन.ए.बी.पी.,नर्वे आर्थिक सहयोग गरेको कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज