Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय

नगरपालिको बजेट ९३ करोड ८४ लाख ७२ हजार

Author Avatar साझा न्यूज 29th June 2022 , 8:41 PM
कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय

कपिलवस्तु नगरपालिकालाई सास्कृतिक नगरपालिका बनाउने प्रकृया अघि बढाइएको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवामा आयोजित १२ नगर सभाको दोश्रो बैठकले बुद्ध नगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय सर्व सम्मत निर्णय पारित गरेको हो। बुद्ध नगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय १२औँ नगर सभाबाट सर्वसम्मतरुपमा पास भएको मेयर सुदीप पौडेलले बताए।

बुद्धको माध्यमबाट प्राचिन नगरी कपिलवस्तुको चिनारी र पर्यटकीय विकासकालागि आफुहरुले यो निर्णय पारित गरेको मेयर पौडेलले बताए। ‘हामीले नगरपालिकालाई सास्कृतिक नगर बनाउने प्रकृया अघि बढायौ, अब ठोस पहल गछौ ’ उनले भने। उता १२ नगर सभाबाट आगमी आर्थिक बर्ष २०७९/०८० कालागि नगर पालिकाको ९३ करोड ८४ लाख ७२ हजार बजेट पारित भएको छ। यो बजेटमा सामाजिक सुरक्षा भत्ताको रकम भने समाबेश नभएको प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले बताए। उप मेयर सुनिता गुप्ताले पेश गरेको बिनियोजन बिधयेक २०७९ समेत पास भएको हो।

बजेटमा प्रत्येक वडालाई ८५ लाखको दरले तथा नगरस्तरीय बजेट मार्फत प्रत्येक वडालाई थप ५० लाखका दरले बजेट बिनियोजन गरिएको छ। यस्तै बजेटमा स्वास्थ्य बिमा साझेदारी कार्यक्रम संचालन गर्न एक करोड बजेट बिनियोजन भएको छ। झन्डै साढे १२ हजार लाई बिमामा समाबेश गर्न बिमामा लाग्ने शुल्कको आधा रकम नगरपालिकाले ब्यहोर्ने गरी बजेट छुट्टाइर्एको मेयर पौडेलले बताए।

स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपचारमा सहजताकालागि यो कार्यक्रम संचालन गरिएको मेयर पौडेलले बताए। यस्तै हुलाकी सडक निर्माणकाक्रममा गत फागुनमा भत्काइएको ऐतिहासिक महेन्द्र गेट पुर्न निर्माणकालागि ५० लाख बजेट बिनियोजन गरिएको छ। यस्तै कपिलवस्तु नगरपालिका प्रबेश गर्ने चार वटाद्धारहरु जमुहार, बर्धाहवा, भिक्षु चोक र बहादुरगंज चोकमा डिजिटल प्रतिक्षालय निर्माणकालागि ५० लाख बजेट छुट्टाइएको छ। यसै गरी प्रशासन चोक अघि आकाशे पुल निर्माणकालागि ३० लाख बजेट बिनियोज भएको छ।

यस्तै निः शुल्क शिक्षा कार्यक्रम अन्र्गत बिद्यालयलाई अनुदान दिन ८१ लाख ७३ हजार बजेट छुट्टाइएको छ। सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले बजेटमा पर्यटक प्रबद्र्धन, करारका कर्मचारीको पोशाक भत्ता ५ हजारलाई बढाएर १० हजार गर्नु पर्ने गोरुसिंगे तौलिहवा सडक खन्डमा बुद्धको मुर्ति राख्नु पर्ने लागतयका सुझाव दिएका थिए।

सभाले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक र बिनियोजन बिधेयर पारित गरेको छ। करारका कर्मचारीहरुको एक बर्ष म्याद थप्ने, नगरको बजेटबाट संचालित केही योजनाहरुको म्याद थप्ने, न्यायिक समितिको प्रतिबेदन समेत पास भएको छ। यस्तै न्यायिक समितिमा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा र वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवलाई राख्ने सभाले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज