Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पत्रकार आवरणमा नक्कली छाप र दस्तखतको प्रयोग ठगी

Author Avatar साझा न्यूज 18th July 2022 , 12:06 PM
पत्रकार आवरणमा नक्कली छाप र दस्तखतको प्रयोग ठगी

पत्रकारको पहिचानमा विभिन्न कम्पनीको नक्कली छाप र दस्तखत प्रयोग गरी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्यूठानका प्रकाशराज भण्डारीले त्रिपुरेश्वरमा सञ्चालन गरेको फल्कोनाइड इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका नाममा नक्कली छाप र भण्डारीको नक्कली दस्तखत बनाएर ठगी गर्ने मकवानपुर घर भई हाल ललितपुरको सातदोबाटो बस्ने ‘तिखोकलम डटकम’का पत्रकार दाबी गर्ने २१ वर्षीय वासुदेव अर्याललाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ अर्यालले भण्डारीको दस्तखतसहितको चेक फेला पारी नक्कली दस्तखत र कम्पनीको नक्कली छाप बनाएर ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । अर्यालले नक्कली छाप र दस्तखत प्रयोग गरी हालसम्म रु १० लाख ३५ हजार रकम निकालेको अनुसन्धानमा खुलेको प्रवक्ता मैनालीले बताउनुभयो । अर्याल ‘तिखोकलम डटकम’ नामक सञ्चार संस्थामा आबद्ध भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्यालसँग प्रहरीले पत्रकार परिचयपत्र, सरोज डङ्गोलको नामको सवारी चालक अनुमतिपत्र, विभिन्न बैंकको चेक दुई थान, विभिन्न कम्पनी तथा संस्थाको छाप आठ थान, विभिन्न व्यक्तिको दस्तखत भएको डायरी आठ थान, विभिन्न कम्पनीका सिमकार्ड १६ थान र मोबाइल दुई थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका अर्याललाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२५ को दफा-२७६ ‘लिखतसम्बन्धी कसुर’ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज