Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोलमै ज्येष्ठनागरिक भत्ता पाउँदा ज्येष्ठनागरिक खुशी

Author Avatar साझा न्यूज 4th August 2022 , 6:16 PM
टोलमै ज्येष्ठनागरिक भत्ता पाउँदा ज्येष्ठनागरिक खुशी

गुल्मी, साउन १९ गते । इस्मा गाउँपालिकाले गाउँ टोलमै पुगेर ज्येष्ठ नागरिक भत्ता वितरण गरेपछि ज्येष्ठनागरिक खुशी व्यक्त गर्नुभएको छ । “पहिले भत्ता लिन बैंकमा जानुपर्थ्यो । अहिले टोलमै आएर भत्ता पाएपछि खुसी लागेको छ ।” इस्मा गाउँपालिका– ५ का ८२ वर्षीय मनिराम भण्डारीले भन्नुभयो ।

सामाजिक सुरक्षा भत्ता आफ्नै टोलबाट पाउँदा भण्डारी मात्र होइन् नमकला बोहोरा पनि हर्षित हुनुभएको छ । पहिलो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएका नमकलाले टोलमै भत्ता पाउँदा आफूसहित अन्य ज्येष्ठनागरिक पनि उत्साहित भएको बताउनुभयो ।

ज्येष्ठ नागरिकका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोलमै पुगी उपलब्ध गराउने इस्मा गाउँपालिकाले नीति लिएको छ । सोहीअनुसार गाउँपालिकाले यतिबेला ६ वटै वडाको टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

सोही स्थानका छमकली घर्तीले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएको बताउनुभयो । “हामी पहिले बैंक जाँदा निकै दुःख हुन्थ्यो । कहिले गाडीमा तेल राखिदिनुपर्ने । कहिले दिनभर लाइनमा बस्नुपर्ने । अहिले आफ्नै टोलबाट भत्ता पायौं । निकै खुसी छौं ।”

तुलसी गिरि पनि आफ्नै टोलबाट भत्ता प्राप्त गर्दा औधि खुसी हुनुभएको छ । उहाँले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता दिएको भन्दै गाउँपालिकालाई धन्यवाद दिनुभयो । आगामी दिनमा पनि टोलमै आएर भत्ता उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक अन्तर्गतको सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको विभिन्न १८ स्थानबाट १२ सय ३२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनताको भावनाअनुसार टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो । “हामीले निर्वाचनमा सङ्कल्प गरेका थियौं । सोहीअनुसार गाउँ टोलमै आएर ज्येष्ठनागरिक भत्ता वितरण गरेका छौं” अध्यक्ष खड्काले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज