Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ : बाइडेन

Author Avatar साझा न्यूज 22nd May 2023 , 8:25 AM
अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ : बाइडेन

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताउनुभएको छ ।

गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको वार्तापछि केही महिनायता दुई देशबीचको सम्बन्ध बिग्रिएको स्वीकार्दै बाइडेनले सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

गएको फेब्रुअरीमा वाशिङ्टनले संयुक्त राज्य अमेरिकी आकाशमा उडिरहेको कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेर खसाल्ने निर्णय गरेपछि विश्वका दुई ठूला अर्थतन्त्रबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ भ्रमणलाई यस घटनाका कारण रद्द गरिएको थियो ।

जापानको हिरोसिमामा सम्पन्न जी–७ शिखर सम्मेलनपछि आइतवार आयोजित पत्रकार सम्मेलनमा बाइडेनलाई अमेरिका र चीनबीच प्रस्तावित हटलाइन किन सञ्चालनमा नआएको भनी सोधिएको थियो ।

‘तपाईँ सही हुनुहुन्छ, हामीसँग एक खुला हटलाइन हुनुपर्छ । बाली सम्मेलनमा राष्ट्रपति सी र मबीच कसरी भेट्ने र के गर्ने भन्नेबारे छलफल भएको थियो’, उहाँले पत्रकारहरूको प्रश्नमा सकारात्मक प्रतिक्रिया दिँदै भन्नुभयो ।

एक अर्कासँग वार्ता गर्ने सन्दर्भमा सबै कुरा परिवर्तन भएको स्वीकार्दै उहाँले भन्नुभयो, ‘मलाई लाग्छ सम्बन्धमा छिट्टै तरलता (सुधार आउँछ ।’

अमेरिकी बाइडेन प्रशासनले सैन्य प्रयोगको जोखिमको हवाला दिँदै उन्नत माइक्रोचिप्सको व्यापारलाई लक्षित गरेर चीनलाई पनि चिढ्याएको छ ।

जी–७ का प्रमुख अर्थतन्त्र भएका देशहरूले चीनलाई यस क्षेत्रमा सैन्य गतिविधिबारे चेतावनी दिएको एक दिनपछि राष्ट्रपति बाइडेनले आइतवार ती कदमको बचाउ गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘दक्षिण चिनियाँ सागरमा उसले आफ्नो सेनाको उपस्थिति बढाएको छ र यसै कारण मैले यो स्पष्ट पारेको छु कि हामी चीनसँग केही वस्तुको व्यापार गर्न तयार छैनौँ ।’

उहाँले चिनियाँ सामानमा लगाइएको प्रतिबन्धबारे भन्नुभयो, ‘हामीले अहिले हाम्रा सबै सहयोगीहरूबाट प्रतिबद्धता प्राप्त गरेका छौँ, उनीहरूले पनि चीनसँग प्रतिबन्धित सामग्री खरिद गर्नेछन् । तर यो शत्रुतापूर्ण कार्य होइन । यो त केवल सम्बन्धलाई पूर्ववत् कायम राख्न सक्दो प्रयास गर्ने एउटा कडी हो । हामी यो सुनिश्चित गर्न चाहन्छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज