Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चुरेफेदी महिला बचत कार्यालयमा ११ दिनदेखि ताला

Author Avatar साझा न्यूज 10th July 2023 , 4:19 PM
चुरेफेदी महिला बचत कार्यालयमा ११ दिनदेखि ताला

उर्लाबारी, असार २५ गते । उत्तरी मोरङको मिक्लाजुङ –३ टाँढीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लि.मा लागेको ताला ११ दिन बितिसक्दा पनि खुलेको छैन् ।

गत पुस २२ गते सहकारी संस्थाको सेफ (भल्ट) फोरेर चोरले ३८ लाख रुपियाँ लगेपछि प्रहरीले अनुसन्धानका लागि संस्थाका कर्मचारी मेनुका शिवालाई पक्राउ गरेको थियो । ४३ दिन पुर्पक्षमा बसी ५ लाख रुपियाँ धरौटी तिरेर मेनुका घर फर्किसक्नुभएको छ ।

सञ्चालकले धरौटी कमी भएको भन्दै पुनः उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । उच्च अदालत विराटनगरले थप ८ लाख रुपियाँ धरौटी तोकेपछि मेनुकाकै समूहले गत असार १५ गते कार्यालयमा ताला लगाएको संस्थाका अध्यक्ष मीना कार्कीले बताउनुभयो ।

आर्थिक वर्ष २०७८–७९ को लेखा परीक्षण रिपोर्टमा नै कर्मचारी शिवाको जिम्मामा २९ लाख ५५ हजार १०७ रुपियाँ ६७ पैसा देखिएको थियो । २९ लाख बढी नगद मौज्दात ब्यवस्थापकको जिम्मामा रहँदा बैंकमा भने ४५ हजार ५६४ रुपियाँ मात्र देखिएको थियो ।

संस्थाका अध्यक्ष कार्कीका अनुसार नगद मौज्दातमा देखिएको उक्त रकम शिवाले २०७९ को पुस मसान्तसम्ममा जायजेथा बिक्री गरी तिर्ने सहमति भएको थियो । शिवाको भाकाभन्दा एकसाता अघि नै संस्थाको भल्ट फोरेर चोरले नगद लगेपछि उहाँमाथि थप आशङ्का बढेको सञ्चालक बताउँछन् ।  अघिल्लो आव २०७७–७८ मा ३९ लाख २६ हजार २४५ रुपियाँ १६ पैसा नगद मौज्दात थियो ।

सो रकम पनि शिवाकै जिम्मामा थियो । नजिकै बैंंक नभएकाले पैसा ब्यवस्थापकलाई जिम्मा दिनुपरेको अध्यक्ष मीना कार्कीले बताउनुभयो ।

२ करोड २४ लाख ९० हजार ७७५ रुपियाँ बचत निक्षेप र २ करोड ५५ लाख ३२ हजार ९३ रुपियाँ ऋण लगानी गरेको सहकारी संस्थामा ९८४ जना महिला बचतकर्ता छन् । संस्थाको जगेडा कोषमा ३३ लाख ९५ हजार ३८७ रुपियाँ छ । ९ लाख ३६ हजार ९४० रुपियाँ अन्य कोषमा छ । ऋण लिएकाहरू संस्था नखुलेदेखि पैसा तिर्नु नपर्नेमा ढुक्क छन् । ऋण नलिएकाहरू थुकतेल गरेर जम्मा गरेको रकम डुब्ला कि भन्ने चिन्तामा छन् ।

संस्थाकी कर्मचारी मेनुका शिवा भने आफूलाई कमजोर र गरिब भएकाका कारण सञ्चालकले फसाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यत्रो पैसा हिनामिना गरेर कहाँ लानु ? शिवाले कानून गरिबलाई मात्र लाग्दोरहेछ” भन्नु्भयो ।

असार मसान्त आउन साता दिन मात्र बाँकी रहँदासम्म संस्थाको ताला नखुलेपछि सहकारी संस्थाले छाता सङ्घ र नियमनकारी निकायलाई गुहार मागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज