Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

Author Avatar साझा न्यूज 20th July 2023 , 1:31 PM
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं, साउन ४ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको बिहीबरको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पार्नुभयो ।

पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको उहाँको भनाइ छ ।

“गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष रू एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ”, गभर्नर अधिकारीले भन्नुभयो ।

अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उहाँले बताउनुभयो । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।

“अहिले बैंकिङ प्रणालीमा रू ८८ अर्ब ५४ करोड अधिक तरलता  छ, उहाँले भन्नुभयो । उहाँका अनुसार गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

गभर्नर अधिकारीले हाल चालु खाता घाटा रू ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताउनुभयो । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उहाँको भनाइ छ ।

“घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो”, उहाँले भन्नुभयो, “मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौं ।” आगामी हप्ता मौद्रिक नीति जारी गर्ने तयारी रहेको पनि उहाँको भनाइ छ ।

कर्जा र निक्षेपको ब्याजदर तथा आधारदर घट्ने क्रममा रहेको र सिडी रेसियो ८२ प्रतिशतमा आएको पनि राष्ट्र बैंकको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी लक्ष्य तय गरेकामा सोही आधारमा मौद्रिक उपकरण परिचालन गरिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थ समितिको आजको बैठकमा अर्थसचिव अर्जुनकुमार पोखरेलले वित्त नीति र मौद्रिक नीतिको सामञ्जस्यता हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै आर्थिक वृद्धिदर हासिल गर्ने र मूल्य वृद्धिदर नियन्त्रणमा राख्ने विषयलाई मौद्रिक नीतिले पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन र आन्तरिक उत्पादन बढाउनका लागि बजेटले राखेका योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज