Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हेरचाहको काम गर्ने श्रमिकमाथि बेलायतमा दोब्बरले बढ्यो शोषण

Author Avatar साझा न्यूज 25th July 2023 , 3:26 PM
हेरचाहको काम गर्ने श्रमिकमाथि बेलायतमा दोब्बरले बढ्यो शोषण

एजेन्सी – बेलायतमा वृद्धवृद्धा तथा अशक्त हेरचाह गर्ने काममा कामदारको शोषण दोब्बरले वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष कामदारमाथिको शोषण दुई गुणाले बढेको प्रतिवेदन सार्वजनिक भएको हो । यस वर्षको जनवरीदेखि मार्चसम्मको स्थिति हेर्दा दोब्बर श्रम शोषण भएको बीबीसीले जनाएको छ ।

 

त्यस अवधिमा १०९ जनामाथि आर्थिक तथा व्यक्तिगत शोषण भएको प्रतिवेदनमा उल्लेख छ । सरकारी निकायले हेरचाहमा संलग्न कामदारको हक रक्षाका लागि त्यस क्षेत्रलाई प्राथामिकतामा राखेको बताएको छ । श्रम सम्बन्धी सरकारी प्राधिकरणका अनुसार ३०० उजुरीमाथि अझैपनि छानबिन जारी रहेको छ ।

सरकारले दासत्वविरुद्धको सुचनाका लागि कल सेन्टरमा उजुरी दिन बारम्बार भन्ने गरेको छ । कल सेन्टरमा उजुरी पर्नेको संख्या पनि बढिरहेको बीबीसीले जनाएको छ । हेरचाह केन्द्रमा कामदारको माग बढिरहेको र त्यहाँ काम गर्ने अधिकांश विदेशी कामदार रहेकाले शोषणको दर झनै बढ्न सक्ने स्थिति रहेको प्रतिवेदनमा भनिएको छ ।

सरकारले स्वास्थ्य तथा अन्य क्षेत्रमा दक्ष कामदार भित्र्याउने भन्दै १ लाख २ हजारको कोटा तोकेको छ । यो संख्या विगतको तुलनामा १७१ प्रतिशतले बढी हो ।

बेलायत सरकारले सन् २०१६ देखि दासत्वविरुद्ध नीति निर्माण गर्न र त्यसलाई रोक्नैका लागि हालसम्म १७ करोड पाउण्ड खर्चिएको छ । व्यक्तिगत रुपमा आधुनिक दासत्वको पीडा सुनाउनेहरू निकै नै कमी रहेका छन् । तर एक महिलाले हेरचाहमा आफूलाई अत्यधिक काम लगाएर शोषण गरिएको दर्दनाक कथा सुनाएकी थिइन् ।

दक्षिण अफ्रिकाकी टेरीलाई स्थानीय एजेन्सीले बेलायतमा सहायक केयररको जागिरमा पठाउने भन्दै प्रस्ताव गरेको थियो । त्यस एजेन्सीले उनलाई बेलायतमा वार्षिक २९ हजार पाण्डसम्म कमाइ हुने प्रलोभन देखायो । जबर्जस्ती विवाह गरेकी टेरीका लागि यो प्रस्ताव राम्रो थियो ।

‘अब मेरो दिन सुध्रिने भयो र मेरा सुनौला दिन आउने भयो भन्दै त्यहाँ जान नपाउँदै म स्वैरकल्पनामा रम्न थालेँ । टेरीले बालबच्चासँगै आफ्नी आमालाई पनि बेलायत ल्याइन् । टेरीलाई बस्नका लागि कम्पनीले आवास दिएपनि उनले बालबच्चा र आमाका लागि बासको प्रबन्ध गर्नुपर्ने थियो ।

टेरीलाई २० घण्टासम्म काममा लगाइयो भने सातै दिन पनि उनलाई खटाइएको थियो । सेवाग्राहीका जानका लागि उनलाई कारको प्रबन्धन गरिने बताइए पनि उनलाई दिइएन । हिँडेरै सेवाग्राहीका पुग्ने गरेको उनले सुनाइन् । बेलायतभर हेरचाहमा काम गर्नेहरुलाई प्रति घण्टा १० पाउण्ड ९० सेन्ट दिनुपर्ने नियम भएपनि उनलाई २ पाउण्डमात्रै दिइएको उनले सुनाएकी थिइन् । टेरीले कम्पनीलाई उजुरी दिने बताउँदा उनलाई जागिर नदिने र भिषा रद्द गराउने चेतावनी समेत दिइएको थियो । ‘मानसिक र शारीरिक दुबै रूपमा कम्पनीले मेरो शोषण गर्‍यो’, उनले भनिन् ।

कम तलब पाउँदा उनले आफ्नो बच्चा र आमाको हेरचाह राम्रोसँग गर्न सकिनन् । उनको आमा र बालबच्चालाई घरबेटीले निकालिदिएसँगै उनीहरू सडकमा बस्न बाध्य भए । टेरीले यो विषयमा उनले उजुरी गरेर छोडिन् । उनको रेकर्ड हेरेर अधिकारीहरूले भने, ‘यो त निकै हदसम्मको शोषण हो ।’

टेरीलाई सरकारी निकायले सहयोग गर्‍यो । टेरीले अहिले बेलायतमा शरणको उजुरी हालेकी छिन् । उनको फैसला नभएसम्म उनले काम गर्न पाउने छैनन् । अहिले टेरीको कम्पनी अनुसन्धानको दायरामा छ । बेलायतमा आधुनिक दासत्व अधिकांश उद्योगमा मौलाएको प्रतिवेदनमा भनिएको छ ।

करिब १७ हजार कामदार यसबाट पीडित भएको हुनसक्ने सरकारी निकायको अनुमान छ । राष्ट्रिय प्रहरी प्रमुख परिषद्ले हाल ३५ सय उजुरीमा छानबिन गरिरहेको छ । यसमा मुद्दा चलाउन भने निकैनै कठिन रहेको परिषद्को भनाइ छ ।

आफूमाथि भएको श्रम शोषणका कारण टेरी अझैपनि झस्किन्छिन् । ‘म माथि भएको चरम शोषणले म अझैपनि झस्किन्छु । मेरो काममा मलाई निकैनै दलाइएको थियो’, उनले भनिन् ।

अब नर्सका रूपमा योग्य हुने उनको धोको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज