Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मिक्वाखोलाका विद्यालयमा खानेपानी योजना

Author Avatar साझा न्यूज 26th July 2023 , 4:01 PM
मिक्वाखोलाका विद्यालयमा खानेपानी योजना

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका दुई वटा विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको छ । खानेपानीको लागि कमजोर व्यवस्थापन रहेको मिक्वाखोला गाउँपालिका-३ लिबाङको पञ्चेश्वरी माध्यमिक विद्यालय र वडा ४ साँवाको साँवा माध्यमिक विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको हो ।

मिक्वाखोला गाउँपालिका र ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) नामक संस्थाको लगानी साझेदारीमा दुई वटै विद्यालयमा खानेपानी व्यवस्थापन गर्न लागिएको हो । खानेपानी व्यवस्थापन योजनाका लागि एचपीएफको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लगानी रहनेगरी समझदारी भएको बताइएको छ । सो समझदारीअनुसार योजना कार्यान्वयनका लागि मङ्गलबार नै सम्झौताको कार्य पनि सम्पन्न भएको छ ।

मिक्वाखोला गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष भक्तबहादुर कार्की, एचपीएफका जिल्ला प्रमुख अमित श्रेष्ठ, साँवा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार साँवा र पञ्चेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपीलाल अधिकारीबीच सम्झौता भएको छ । योजना सम्झौतामा मिक्वाखोला गाउँपालिकाका इन्जिनियर रामशङ्कर साह, एचपीएफका वरिष्ठ खानेपानी परियोजना निरीक्षक जयभक्त नेपाली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएको छ ।

समझदारीअनुसार साँवा माध्यमिक विद्यालयमा १६ लाख ७९ हजार ११७ रुपियाँको लागतमा पाइपलाइनसँगै मुहान संरक्षण ट्याङ्की, पानी सङ्कलन ट्याङ्की र आरटी ट्याङ्की साथै विद्यालय र वडा कार्यालयमा एक–एकवटा धारा निर्माण गरिने छ । त्यस्तै पञ्चेश्वरी माध्यमिक विद्यालयमा पनि पाइपलाइनसँगै मुहान संरक्षण ट्याङ्की, सङ्कलन ट्याङ्की, आरटी ट्याङ्की र विद्यालयसहित नजिक रहेका स्वास्थ्य चौकी र प्रहरी चौकीका लागि एक-एकवटा धारा निर्माण गरिने भएको छ ।

हाल साँवा माविमा २८५ र पञ्चेश्वरीमा २०२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । दुईवटै विद्यालयको खानेपानी व्यवस्थापन योजनाको कार्य दुई महिनाभित्रै सम्पन्न गर्नेगरी सम्झौता भएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज