Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आँपका अनेक परिकार

Author Avatar साझा न्यूज 31st July 2023 , 11:09 AM
आँपका अनेक परिकार

अहिले आँपको सिजन छ। आँप सबैको प्रिय फल पनि हो। नेपालमा धेरैथरीका आँप उत्पादन हुन्छन्। एसिया आँपका लागि धनी मानिन्छ। अफ्रिकामा पनि यसको राम्रो उत्पादन हुन्छ।

बम्बे, सफेदा, बङपाली, पैरी, निलम, हापुस, हिमसागर देसरी, टोटपुरी, केसर, चौसा, लाङ्ग्रा, दसहरी, मालदह, तोतापरी, कृष्णभोग, फनली जातका आँप बजारमा उपलब्ध हुन्छन् तर आँप कसरी खाने भन्ने बारेमा धेरै कमलाई मात्र ज्ञान छ।

आँपका  विभिन्न परिकार बनाउन सकिन्छ। जस्तो आँपको खिर, आँपको लस्सी, आँपको स्मोथी, आँपको धुलो, आँपको अचार, आँपको जुस, काँचो आँपको खट्टा जुस, काँचो र पाकेको आँपको मिक्स खट्टामिठा जुस, आँप एभोकाडो सेलरी मिक्स जुस, फ्रोजन रम र आँपको जुस, स्पाइसी म्याङ्गो सन्डी, म्याङ्गो पिच लस्सी, म्याङ्गो किवी लसी, म्याङ्गो चिल आइस, म्याङ्गो लाइम कर्ड, म्याङ्गो बेरी स्मोथी, डेजर्ट म्याङ्गो कुलर, कोकोनट म्याङ्गो पाइन एप्पल सोर्बेट। यति मात्र होइन आँपका कैयौँ सलाद तथा ड्रेसिङ बनाउन मिल्छ।

आँपका डेजटर्स तथा मिठाई पनि बनाउन सकिन्छ। जस्तो म्याङ्गो मिसो, म्याङ्गो चिज चक्लेट, इन्डो स्विस फेन्टासी, म्याङ्गो फिग, नेपोली तानो म्याङ्गो, आम खिरकी सङ्गम, म्याङ्गो लियर केक, म्याङ्गो मुस, म्याङ्गो मुस टार्ट, म्याङ्गो आइस क्रिम, म्याङ्गो डुनोट, म्याङ्गो चिज केकक्रिमी, म्याङ्गो फलान, म्याङ्गो कोकोनट ब्रेड, म्याङ्गो लेमन बार, म्याङ्गो जिन्जर मिन्ट पोप्सिक्ली, म्याङ्गो पाइ, म्याङ्गो मोची रोल्ल।

गोलाकार स्पन्च केकलाई बीचमा स्लाइस गरी एउटामा सेतो मिश्रण लेपन गर्ने र अर्कोलाई आँपको पिउरीले लेपन गरी चार तहसम्म खप्टाएर राख्ने । एवं तरिकाले तयार भएको केकको सम्पूर्ण भाग सेतो क्रिम चिजको मिश्रणले लेपन गरी माथिल्लो भागमा गोलाकार बुट्टा कोर्ने र ताजा आँपको स्लाइस मिलाएर एरेन्ज गर्दै जाने ।

आँपका केही प्रमुख परिकार  

आँपको खिर

चाहिने सामग्री :  पाकेको आँप दुई पिस, भिजाएको  चामल दुई सय ग्राम, दुध एक लिटर, चिनी एक सय ५० ग्राम, हरियो सुकुमेल आधा चम्चा, कोरिएको बदम एक चम्चा, कोरिएको पिस्ता एक चम्चा।

विधि : ननइस्टिक प्यानमा दुध उमाल्ने र चामललाई राम्ररी पखालेर दुधमा ओइराउने। चामल राम्ररी पाक्न थालेपछि आगो कम गर्ने। त्यसपछि चिनी हाल्ने। सुकुमेलको धुलो, कोरिएको पिस्ता र बदाम पनि हालेर पकाउने। पाकिसकेपछि अन्त्यमा एक चमचा घिउ हाल्ने।

राम्ररी पखालेर ताछेको आँपलाई खोयाविहीन हुने गरी छोडाउने र मिक्सचरमा ब्ल्यान्ड गर्ने र खिरमा हालिदिने। हल्का चिसो भएपछि कोरिएको पिस्ता र केसर हाल्ने।

यो खिर अत्यन्त स्वादिष्ट र स्वस्थकर मानिन्छ। आँपको पूर्ण स्वाद आउने यो खिर भारत, नेपाललगायत विश्वका अन्य देशमा पनि खाइन्छ। आँपको खिर बिनाचामल पनि बनाइन्छ। दुधलाई लामो समय उमालेर बनाएको रबरीमा पाकेको आँप काटेर मिसाई यो खिर तयार पारिन्छ।

आँपको लस्सी (स्मुथी)

आँपको लसी बनाउँदा चाहिने सामग्री : सादा दही एक कप, ताजा दुध आधा कप, आँप ठूलो आकारको एउटा, मह या चिनी इच्छा अनुसार, बरफ ६० देखि ७० ग्राम, सुकुमेल दुई दाना।

विधि : आँपलाई राम्ररी पखालेर खोयाविहीन गरी काट्ने। त्यसपछि बाँकी सम्पूर्ण सामग्री हालेर ब्यालेन्डरमा ब्लेन्ड गर्ने। त्यसपछि गिलासमा हालेर यो लस्सी खान सकिन्छ। यसलाई गर्मीको समयमा स्वस्थकर र शीतलता दिने पेय मानिन्छ।

आँपको केक

सामग्री : मैदा एक कप (२३० ग्राम), अन्डा छ वटा, चिनी एक कप (११० ग्राम) बेकिङ पाउडर आधा चम्चा, ताजा पाकेको आँप ठूलो आकारको दुई वटा, आँपको पिउरी एक र आधा कप, क्रिम चिज एक र आधा कप, नुन नभएको बटर एक कप, सुगर पाउडर दुई र आधा कप, भेनिला एसेन्स दुई चम्चा।

विधि : सर्वप्रथम मैदा, चिनी, अन्डा, बेकिङ पाउडर हालेर मिसाएर स्पन्च केक तयार गर्ने र एकछिन त्यत्तिकै राख्ने। अर्को भाँडामा  बटर, पाउडर सुगर, क्रिम चिज र भेनिला एसेन्स हालेर मिसाउने। साथमा आँपको पिउरीलाई पनि तयारी अवस्थामा राख्ने। गोलाकार स्पन्च केकलाई बीचमा स्लाइस गरी एउटामा सेतो मिश्रण लेपन गर्ने र अर्कोलाई आँपको पिउरीले लेपन गरी चार तहसम्म खप्टाएर राख्ने। एवं तरिकाले तयार भएको केकको सम्पूर्ण भाग सेतो क्रिम चिजको मिश्रणले लेपन गरी माथिल्लो भागमा गोलाकार बुट्टा कोर्ने र ताजा आँपको स्लाइस मिलाएर एरेन्ज गर्दै जाने। अन्त्यमा सुगर सिरपले लेपन गर्ने र फिनिस गरी चिसोका लागि चिलरमा एक घण्टा भण्डारण गर्ने। केक राम्रोसँग सेट भएपछि खान सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज