Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उत्पादन घटेपछि बजारमा दुध–दही पाउन मुस्किल

Author Avatar साझा न्यूज 31st July 2023 , 4:05 PM
उत्पादन घटेपछि बजारमा दुध–दही पाउन मुस्किल

प्यूठान, साउन १५ गते । जिल्लामा पर्याप्त मात्रामा उत्पादन नहुँदा स्थानीयले चाडवाड, पूजापाठ र आवश्यक समयमा दुध–दही नपाउने समस्या रहेको छ । जिल्लामा दुधको व्यापार गर्न खोलिएका डेरीले माग भएजती दुध बेच्न पाएका छैनन् भने उपभोक्ताले चाहेजति दुधदही पाउन सकेका छैनन् ।

अहिले बजारमा दुधको माग बढी भएको शिवालय दुग्ध सहकारी संस्था लिमिटेडका भोजबहादुर बस्नेतले बताउनुभयो । ‘हाम्रो सहकारीबाट अहिले बढीमा दैनिक तीनसय लिटरसम्म दुध उत्पादन गरी बिक्री हुँदैआएको छ,’ उहाँले भन्नुभयो, ‘सुख्खा सयमा १ सय लिटर मात्र उत्पादन हुनेगरेको छ ।’

जिल्लामा दुधको अभाव भए पनि अन्य सिजनमा डेरी पसलले दुध नलिने समस्या रहेको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम खलंगा, बाग्दुला, विजुवार, जुम्रीलगायत क्षेत्रमा सञ्चालन भएका डेरी उद्योगले जिल्ला बाहिरबाट दुध ल्याएर बिक्री गर्नेगरेका छन् ।

उनीहरुले दाङ, कपिलबस्तुलगायत ठाउँबाट दुध ल्याएर विक्री गर्नेगरेको बताउँछन् । ‘सदरमुकाम खलंगामा आवश्यक दुध पाइदैन’ स्थानीय जुमानसिंह के.सी.ले भन्नुभयो, ‘पर्याप्त उत्पादन नहुँदा यो समस्या भएको हो ।’ गाउ“मा भैसी पाल्ने किसान कम हुनु र जिल्लामै व्यवसायी दुध उत्पादनका लागि गाई, भैसीको फर्म धेरै नभएकाले समेत उत्पादन कम भएको उहाँको भनाइ छ ।

जिल्लामा वार्षिक १८ हजार ५३ मेट्रिक टन दुध उत्पादन हुने सरकारीको तथ्याङ्क छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख भाष्कर पौडेलले दैनिक पाँचसय लिटर दुध बाहिरी जिल्लाबाट आउनेगरेको बताउनुभयो । ‘करिव ५० को संख्यामा व्यावसायिक फार्म छन्’ उहाँले भन्नुभयो, ‘परम्परागत रुपमा पनि दुध उत्पादन भइरहेको छ ।’ उहाँका अनुसार जिल्लामा अहिले दाङ र कपिलवस्तुबाट दुध आउनेगरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज