Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सल्यानमा अहिलेसम्मकै महङ्गो गोलभेडा

Author Avatar साझा न्यूज 2nd August 2023 , 3:12 PM
सल्यानमा अहिलेसम्मकै महङ्गो गोलभेडा

सल्यान, साउन १७ गते । कपुरकोट हाटबजारमा गोलभेडा (टमाटर) ले अहिले सम्मकै धेरै मुल्य पाएको छ । किसानले अहिलेसम्मकै धेरै मुल्य १ ४० रुपियाँ प्रतिकिलोमा बिक्री गरेका छन् ।

हाटबजारमा एकै दिन ६० लाख ४८ हजार रुपियाँ बराबरको तरकारी र फलफूल कपुरकोटबाट बिक्री भएको छ । मंगलबार मात्र कृषिउपज बजार केन्द्रका अनुसार ६८ हजार दुई सय ८९ किलो तरकारी फलफूल एकै दिन बिक्री भएको छ ।

कपुरकोट गाउँपालिका –३ का तुलसी केसीले तरकारी खेती गर्न थालेको १० वर्षको समयमा पहिलो पटक धेरै मूल्यमा गोलभेडा बिक्रि भएको बताउनुभयो । उहाँले भन्नुभयो “उचित मूल्य पाएपछि साह्रै खुसी लागेको छ ।”

हाटवजारबाट ४३ लाख बढी रकमको टमाटर बिक्रीबाट मात्र आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर विक्रीबाट ४३ लाख ३ हजार ७५० रुपियाँ, ४ हजार ५६५ किलो काउली बिक्रीबाट १ लाख ९४ हजार १२ रुपियाँ, ३ हजार ८९५ किलो भेडेखुर्सानी विक्रीबाट ३ लाख १ हजार ८६५ रुपियाँ र ११ हजार ७०० किलो बन्दा विक्रीबाट २ लाख ४ हजार ७५० रुपियाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।

कृषिउपज बजार केन्द्र कपुरकोटका अनुसार गोलभेँडा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म, पुरानो अदुवा १४० देखि १५० मा किनबेच भएको हो । यस्तै, किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडेखुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रुपियाँ प्रतिकिलो बिक्री भएको हो ।

केन्द्रका बजार प्रतिनिधि चन्द्रमणि खड्काले सिमि ४५ देखि ५० रुपियाँ प्रतिकिलो बिक्री गरेका किसानले लोकल कांक्रा ५० देखि ५५ र उन्नत कांक्रा १० देखि १२ रुपियाँ प्रतिकिलो बिक्री गरिएको बताउनुभयो ।

कपुरकोट गाउँपालिका भित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदैआएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगायत शहर बजारमा जानेगरेको छ । कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्छ ।

अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका –६ वटै वडामा रहेको तरकारी संकलन केन्द्रमा पनि किसानले आफ्नो उत्पादन विक्री गर्ने गर्छन् । यसैवीच यहाँवाट एक महिनाको अवधिमा ७ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल निकासी भएको छ । गत असार १ गतेदेखि ३१ गतेसम्म १३ लाख १९ हजार ३३५ किलोग्राम तरकारी बिक्री हुँदा सल्यानका किसानले सात करोड २९ हजार १०६ रुपियाँ प्राप्त भएको छ ।

कृषिउपज बजार सञ्चालक समिति कपुरकोटका सचिव तिलक शर्माका अनुसार ४ लाख ९५ हजार २१४ किलोग्राम टमाटर बिक्रीबाट ३ करोड ७० लाख ३ हजार २६८ रुपियाँ, ३ लाख ४२ हजार ७७२ किलोग्राम बन्दागोबीबाट ३० लाख ८४ हजार ९४८ रुपियाँ, ८९ हजार ६ सय काउलीबाट ६२ लाख ७२ हजार रुपियाँ, ९७ हजार ६५४ किलोग्राम सिमीबाट १ करोड २२ लाख ७ हजार २५० रुपियाँ, १ लाख ८९ हजार ४२० किलोग्राम भेडेखुर्सानीबाट १ हजार ३६ लाख ३८ हजार २४० रुपियाँ र १० हजार ५५० किलो हरियो खुर्सानीबाट १३ लाख १८ हजार ७५० रुपियाँ भित्रिएको छ ।

यस्तै, १९ हजार ५ सय किलोग्राम माछे खुर्सानीबाट ५८ लाख ५० हजार रुपियाँ, ९ सय ५५ किलोग्राम अकबरे खुर्सानीबाट १५ लाख २८ हजार रुपैयाँ, ५३ हजार १३० किलोग्राम काँक्रो बिक्रीबाट १५ लाख ९३ हजार ९ सय रुपियाँ, ५ हजार ७३० किलोग्राम मुलाबाट ८५ हजार ९५० रुपियाँ, ५ हजार ७ सय किलोग्राम पुरानो अदुवा (बुर्नी) बाट १० लाख २६ हजार रुपियाँ, ५३० किलोग्राम सागबाट ५३ हजार रुपियाँ, ७ हजार किलोग्राम नास्पातीबाट १० लाख ५ हजार रुपियाँ र १ हजार ५८० किलोग्राम लसुनबाट १२ लाख ६४ हजार रुपियाँ किसानले आम्दानी गर्न सफल भएको कृषिउपज बजार सञ्चाक समितिका सचिव तिलक शर्माले जानकारी दिनुभयो ।

कपुरकोट गाउँपालिकाबाट ६ महिनाको अवधिमा बार्षिक ३० करोडभन्दा बढीको तरकारी जिल्ला बाहिर निर्यात हुनेगरेको छ । कपुरकोटमा उत्पादन भएको तरकारी, नेपालका ठूला शहर, काठमाडौ, नेपालगञ्ज, बुटुवल, धनगडी, दाङलगायत भारतसम्म निकासी हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज