Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सकियो १३ बुँदे बसन्तपुर घोषणापत्र जारी गर्दै प्रादेशिक मिडिया सम्मेलन

Author Avatar साझा न्यूज 19th August 2023 , 4:32 PM
सकियो १३ बुँदे बसन्तपुर घोषणापत्र जारी गर्दै प्रादेशिक मिडिया सम्मेलन

प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले समानुपातिक वितरण प्रणालीका आधारमा विज्ञापनहरु सिधै सञ्चार गृहलाई दिने व्यवस्था मिलाउन माग गरेका छन् ।

भदौ १ र २ गते बुटवलमा सम्पन्न प्रादेशिक मिडिया सम्मेलनले समानुपातिक विज्ञापन नीतिसहित १३ बुँदे बसन्तपुर घोषणापत्र जारी गरेको हो ।

लुम्बिनी प्रदेशभित्रका छापा, विद्युतीय र अनलाइन गरी झण्डै दुईसय मिडियाका सञ्चालकहरुको सहभागिता रहेको सम्मेलनले समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगत रुपमा व्यवस्था गरी कार्यान्वयन गर्न र मिडिया हाउसहरुमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारहरुले मिडिया सबलीकरणका कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।

यस्तै तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापनहरु सिधै सञ्चारगृहलाई उपलव्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ ।

सरकारले लिँदै आएको विद्युतीय सञ्चार माध्यमको नवीकरण दस्तुर र रोयल्टी दस्तुरहरु पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापा माध्यमहरु तथा सञ्चार उद्योगहरुको विद्युत महसुलमा छुटको व्यवस्था अविलम्व सुरु गर्न माग गरिएको प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले बताए ।

लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, रेडियोहरु र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताविना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानुनी दायरामा ल्याउन संघले माग गरेको छ ।

त्यस्तै संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापन सम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न माग गरिएको छ ।

प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा व्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई बिषेश प्राथमिकताका साथ सहयोग गर्न माग गरिएको छ ।

सम्मेलनले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको शान्ति शहरका रुपमा विकास र लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि ५ अर्ब लागतको लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारको बजार प्रवद्र्धनमा तीनै तहका सरकारको सहयोग हुनुपर्ने तथा निजी क्षेत्रलाई प्रदेशस्तरमा अन्य पर्यटकीय पूर्वाधार विकासका लागि थप लगानीको वातावरण सिर्जना गर्न सरकारसंग माग गरिएको संघका सचिव माधव नेपालले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेको मिडिया सम्मेलनमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा। बालकृष्ण चापागाई, बीबीसी नेपाली सेवाका माधव नेपाललगायतले मोफसलका मिडियाको सबलीकरणले मात्रै तीनै तहका सरकार प्रभावकारी ढंगले सञ्चालन हुन सक्ने र लोकतन्त्र सुदृढ हुने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज