Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बृहत्तर लुम्बिनी क्षेत्र भ्रमण गरौँः उपाध्यक्ष लामा

Author Avatar साझा न्यूज 25th August 2023 , 7:18 PM
बृहत्तर लुम्बिनी क्षेत्र भ्रमण गरौँः उपाध्यक्ष लामा

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ)ले बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि निमन्त्रणा गरेका छन्। कोषको उपाध्यक्षमा नियुक्त भएपछि बृहत्तर लुम्बिनी क्षेत्रको विभिन्न स्थलहरूको स्थलगत निरीक्षण गर्दै बुद्ध दर्शनको सन्देश फैलाउनका लागि विश्वभरका नागरिकहरूलाई बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएको तिलौराकोट, रामग्राम र देवदह भ्रमणका लागि निमन्त्रणा गरेका हुन्।

शुक्रबार बुद्धले २९ वर्ष बिताएको प्राचिन शाक्य राजधानी तिलौराकोट दरबार क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष डा. लामाले विश्वभरका बौद्धमार्गीहरूलाई एकपटक लुम्बिनीसँगै तिलौराकोट र रामग्राम लगायतका बृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमणका लागि अनुरोध गरे।

उनले बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रर्वर्द्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी आगामी महिना देखी हजारौं धार्मिक पर्याटकहरू भित्राउन सुरु गर्ने बताए। नेपालमा जन्मिनुभएका भगवान बुद्धले २९ बर्ष बिताएको तिलौराकोट बौद्धमार्गीहरूका लागि निकै महत्वपूर्ण स्थल रहेको उनले बताए।

उनले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महत्वपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्राम सहित बृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने बताए। संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्रीसमेत रहेका डा. लामाले प्राचिन शाक्यहरूको राजधानी कपिलवस्तु निकै महत्वपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरूलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताए।

‘म भर्खर आएको छु, पहिले यहाँको अवस्थाबारे जानकारी लिदै छु’ उपाध्यक्ष लामाले भने -‘स्थानीय, अगुवाहरू, पत्रकारहरूको सुझावका आधारमा बुद्ध जन्मस्थलसहितका क्षेत्रहरूको विकास गर्नेछु।’ उनले आफू परिणामुखी काम गर्ने गरी जिम्मेवारी समालेको बताए।

उपाध्यक्ष डा.लामासहितको समूहले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरौराकोट, सिसनिया र जगदीशपुर ताल लगायत स्थानहरूको अवलोकन तथा निरीक्षण गरेको छ।

निरीक्षणमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचिन कपिलवस्तु, तिलौराकोट दरबार र कपिलवस्तुका बौद्धस्थलहरूका बारेमा जानकारी गराएका थिए। निरीक्षणमा कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, तिलौराकोट इकाका माधवप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो। यसअघि बिहीबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण गरेका थिए।

यस्तै बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवि मन्दिर, अशोकस्तम्भ विहारखण्ड सकुर्लर लेभी, शान्तिदीप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआईलाई समेत पर्यटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने गरी काम थाल्नेसमेत उपाध्यक्ष लामाले प्रतिबद्धता जनाएका छन्।

लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी समालेलगत्तै डा. लामाले कर्मचारीहरूसँग भेटघाट, कार्यालयहरूको योजनालगायतका विषयमा जानकारी लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज