Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जगदिशपुरमा जल उद्धार नमुना अभ्यास

Author Avatar साझा न्यूज 2nd September 2023 , 1:55 PM
जगदिशपुरमा जल उद्धार नमुना अभ्यास

नेपाल कै सबैभन्दा ठुलो कृत्रिम तालका रुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदिशपुर तालमा जल उद्धार नमुना अभ्यास (सेमुलेशन) सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ। बिपत्को पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलबस्तुको अगुवाईमा स्थानियको सहभागीतामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो।

बिपत्को पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सिसम १५ सशस्त्र प्रहरी निरिक्षक आधारभुत तालिमका प्रशिक्षार्थीहरु युनिट अट्याच्मेन्टको क्रममा नम्बर २८ गणमा आउने क्रममा प्रशिक्षार्थी सहितको टोलीलाई नमुना अभ्यास गराईएको थियो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिश्ठान मातातिर्थबाट आएका ६ जना सशस्त्र प्रहरी निरीक्षकका प्रशिक्षार्थीको साप्ताहिक बिपद व्यवस्थापन अनुशिक्षणको अवसर पारेर अभ्यास गराइएको हो । अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका ५०, नेपाली सेनाका १५ र नेपाल प्रहरीका १५ जना गरि ८० जनाको टोलीलाई गणका सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले उद्दार अभ्यास गराएका थिए । नदीको बिचमा डुबेकालाई कसरी परेकालाई उद्धार गर्ने  घाईतलाई अस्पतालमा पुर्याईन लगायतका कार्य गरिएको थियो । नमुना अभ्यासमा पानीमा डुबेको व्यक्तिलाइ कसरी जिवितै उद्धार गर्ने, उद्धार पश्चातको प्राथमिक उपचार, आवश्यक तयारी र घटना व्यवस्थापन बारे जनचेतनामुलक क्रियाकलाप गरिएको थियो ।

संभावित बिपद जोखिम नियन्त्रणकालागि पुर्व तयारी स्वरुप नाटकीय अभ्यास गरिएको हो । सशस्त्र प्रहरी उपरिक्षक जीन केसीले नमुना अभ्यासले बिपतका बेला जल उद्धारका बेला अपनाउनु पर्ने अपाउनु पर्ने सवाधनी र घटनामा परेकालाइृ कसरी उद्धार गर्ने बारे सचेतना गराइएको बताए । नेपाल सबै खाले बिपतको हिसाबले उच्च स्थानमा रहेको र बाढीजन्य बिपतको हिसाबले बिसौं स्थानमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति केसीले बताए ।  बाढीमा डुेबका नागरिकको तत्कालै उद्धार गर्ने र सामाग्री सुरक्षित स्थानमा ल्याउने उद्धेश्यले पुर्व तयारीका लागी अभ्यास गरिएको उनले बताए।

‘ बिपतको उद्धार गर्दाको क्षमता परिक्षण र राम्रो पुर्व तयारीका लागी सबै सुरक्षा निकाय सँग समन्वय गरेर अभ्यास गराएका हौं ’ उपरिक्षक केसीले भने । सो क्रममा अभ्यासमा सहभागी ६ जना प्रशिक्षार्थीले जिल्ला सुरक्षा समिति र जिल्ला बिपद व्यवस्थापन समितिसँग जिज्ञासा राख्दै अन्तत्र्रिmया गरेका थिए । सो क्रममा आएका जिज्ञासाहरु बारे प्रजिअ शंकरहरी आचार्य, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, कपिलवस्तु अस्पतालका मेसु डा. बिपिन जयसवाल, रेडक्रस कपिलवस्तु शाखाका महामन्त्री सन्तोष कुमार श्रीवास्तव लगायतले बिभिन्न सुझाव दिएका थिए ।

सशस्त्र प्रहरीले बलले भुकम्प, बाढी पहिरो लगायतका विपदमा अग्रपंक्तिमा रहेर उद्दार तथा विपदको पुर्व तयारीमा उदाहरणीय कार्य गर्दै आएको प्रजिअ शंकरहरी आचार्यले बताए । विपदको पुर्व तयारीको कार्यले विपद जोखिम न्युनीकरणमा सहयोग मिल्ने प्रहरी उपरिक्षक बस्नेतले बताए । जिल्लामा हुने सबै खाले विपदको न्युनीकरणमा पुर्व तयारीका लागि सशस्त्र प्रहरी तयारी हालतमा रहेको र अभ्यासले थप सहयोग पुगेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले बताए । कार्यक्रमा नेपाली सेनाका राधेश्याम बिष्ठ, कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाल, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज