Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खजुरामा रक्त सञ्चार केन्द्र स्थापना

Author Avatar साझा न्यूज 6th September 2023 , 12:18 PM
खजुरामा रक्त सञ्चार केन्द्र स्थापना

नेपालगञ्ज, भदौ २० गते । पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिएको छ ।

सो अस्पतालमा ब्लड क्यान्सरका बिरामीको पनि उपचार सुरु गरिएपछि रक्त सञ्चार सेवा केन्द्र अति आवश्यक परेकाले स्थापना गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.निरज भट्टराईले अस्पतालमा ब्लड क्यान्सरको उपचार सेवा सुरु गरिएसँगै रक्त सञ्चार केन्द्र अति आवश्यक परेको हुँदा खजुरा गाउँपालिका, अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको समन्वयमा रक्त सञ्चार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो ।

सो रक्त सञ्चार केन्द्रको उद्घाटन बाँके क्षेत्र नम्बर ३ का सङ्घीय सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै उहाँले यो सेवा यहाँ सुरु गरिएपछि क्यान्सर अस्पतालका बिरामीलाई आवश्यक पर्ने रगतका लागि अब नेपालगञ्ज र कोहलपुर जान पर्ने बाध्यता अन्त भएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका अध्यक्ष गोवर्धनसिंह सम्झनाले रेडक्रस सोसाइटीले नेपालगञ्ज र कोहलपुरमा ब्लड बैंक सञ्चालन गर्दै आएकोमा अब खजुरामा पनि सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई सहज हुने बताउनुभयो ।

अस्पतालका निर्देशक डा. भट्टराईले क्यान्सर अस्पतालमा बिरामीका लागि दिनदिनै नयाँ नयाँ सेवा सुविधा थप हुँदै गएको बेला रक्त सञ्चार केन्द्र पनि स्थापना भएकाले अब रगतका लागि निबै सहज हुने बताउनुभयो । उहाँले यो अस्पतालमा बिरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएकोमा खजुरा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ठूलो सहयोग गरेको बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले क्यान्सर अस्पतालमा बिरामीहरु सेवा लिन टाढाबाट आउने भएकाले रक्त सञ्चार केन्द्र आवश्यक भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले हाल भेरी अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरी सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज