Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

Author Avatar साझा न्यूज 27th September 2023 , 7:00 PM
लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

बर्दिया, असोज १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।

बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारमा आज आयोजित ४४ औँ विश्व पर्यटन दिवसको अवरमा आयोजित कार्यक्रममा मुख्य मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र बर्दियालाई विशेष प्राथमिकतामा राखेर लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई बर्दियासम्म ल्याउन कसरी सकिन्छ भन्ने विषयमा आफू लागिपरेको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशको पनि बर्दियामा पर्यटकीय क्षेत्र फोकस गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र बर्दियालाई फोकस गरेर अग्र्यानीक लगानी गर्न प्रदेश सरकार तयार छ ।’

आर्थिक उपार्जनको सबैभन्दा ठूलो क्षेत्र पर्यटन रहेको औँल्याउदै मुख्यमन्त्री चौधरीले स्थानीय सरकार र पर्यटन व्यवसायीले हरेक स्थानीयलाई पर्यटन क्षेत्रसँग जोड्न अति आवश्यक रहेको बताउनुभयो । संघीय सरकार, स्थानीय तह तथा पर्यटन व्यवसायी र सरोकारवालासँगको समन्वयमा लुम्बिनी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्ने काम भइरहेको मुख्यमन्त्री चौधरीको भनाइ छ ।

मुख्यमन्त्री चौधरीले बर्दिया जिल्ला बहुलजाती, भाषा, संस्कृतिको जिल्ला रहेको त्यसमा पनि थारु जातिको बाहुल्यता रहेको बताउँदै थारु कला, संस्कृति, भेषभुसाको संरक्षण गर्दै यसलाई पर्यटनसँग जोड्न अति आवश्यक रहेको औल्याउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले अबको प्रथामिकता आर्थिक विकासलाई दिएको दावी गर्दै मुख्यमन्त्री चौधरीले अब प्रत्येक घरका सदस्यले कम्तिमा २५ देखि ३० हजार रुपियाँ कमाउनेगरी काम गर्न सक्ने नबनाउञ्जेल प्रदेश सरकाले विश्राम नलिने बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास रहेका वन्यजन्तु पीडितलाई समेत पर्यटनसँग जोडेर उनीहरुको पनि आर्थिक उपार्जनमा सहयोग गर्ने खालका कार्यक्रम आवश्यक रहेको मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

‘पर्यटन र हरित लगानी’ नारासहित लुम्बिनी प्रदेश पर्यटन विकास परिषद प्रवर्धक तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा पर्यटन दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा स्थानीय भेषभुषा तथा साँस्कृतिक नाचगानहरु प्रदर्शन, स्थानीय होमस्टेमा पाइने थारु समुदायका खानाका परिकारसमेत पाहुनालाई खुवाइको छ ।

पाँच पत्रकार सम्मानित

विश्व पर्यटन दिवसको अवसरमा पाँच जना पत्रकार सम्मानित भएका छन् । बर्दिया जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रको बारेमा कलम चलाएको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका कमलकुमार पन्थी, नेपाल टेलिभिजनका संवाददाता डिलप्रकाश गौतम, न्युज २४ का ज्योतिकुमार पन्थी, रेडियो टाइगर एफएमका भावुक योगी र अन्नपुर्ण पोष्ट दैनिकका यादव आचार्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

भर्खरै प्रकाशित

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज