Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

Author Avatar साझा न्यूज 27th September 2023 , 8:27 PM
उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

कपिलबस्तु, असोज १० । लुम्बिनी विकास कोषले नेपाली सेनालाई अनुरोध गरी प्राचिन शाक्यहरुको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणका लागि प्रारम्भिक मनोनयन दस्तावेज पेश गर्ने तयारी भइरहेको बेलामा तिलौराकोटको उत्तरतर्फ रहेको झाडीको सफाई गरिएको हो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (खेन्पो छिमे ) ले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गर्दा सौन्दर्यकरणको आवश्यकता देखिएपछि सौन्दर्यकरणका लागि तत्त्कालै नेपाली सेनासँग समन्वय गरेका थिए । असोज ४ गतेदेखि नेपाली सेनाको शमसेर दल गण गोरुसिंगेका नेपाली सेनाको टोलीले झाडी र बुट्यानको सरसफाई गरेका छन् । बुधबार कोषका उपाध्यक्ष डा. लामा सहित पदाधिकारी र २२ नम्बर बाहिनी बुटवलका बाहिनीपती ललितबहादुर कुवँर सहितको टोलीले तिलौराकोट क्षेत्रमा पुगेर सरसफाईमा खटिएका सेनालाई उत्साह थपेका छन् ।

उपाध्यक्ष डा. लामाले विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको पुरातात्विक र पर्यटन प्रवद्र्धनका लागि सरसफाई गरिएको बताए । उनले तिलौराकोट बुद्धले सिद्धार्थ गौतमका रुपमा २९ वर्ष विताएको पवित्र स्थल रहेकाले यसको विकासलाई आफुले प्राथमिकतामा राखेको बताए । उपाध्यक्ष लामाले झाडी र बुट्यानले पुरातात्विक अवशेषलाई समेत असर पार्न सक्ने र सुन्दर समेत नभएकाले नेपाली सेनाले आफुहरुको अनुरोध स्विकार गरेर सफाई गरेकोमा धन्यवाद दिए । ‘पवित्र स्थल सफा गर्न खटिएका नेपाली सेनालाई कोषका तर्फबाट धेरै धन्यवाद छ’ उनले भने ।

झाडी बुट्याउनले जमिनमुनीको पुरातात्विक संरचना नष्ट गरिराखेकाले करिव २ विगाहा क्षेत्रफलमा जराहरु हरटाइएको छ । यस्तै करिव ५ विगाहा क्षेत्रफलमा बुट्यान सफाई गरिएको नेपाली सेनाले जनाएको छ । तिलौराकोकाट निरीक्षणमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य गोपीकृष्ण शर्मा, कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, शमशेर दल गण गोरुसिंगेका गणपती दिलिप घले लगायतको उपस्थिती रहेको थियो । नेपाली सेनाले अझै एक सातासम्म तिलौराकोट क्षेत्रमा सरसफाई हुने कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । यसअघि सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले समेत तिलौराकोट क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

भर्खरै प्रकाशित

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज