साझा न्यूज । तौलिहवा
कपिलबस्तु इन्टिग्रेटेड डेभलपमेण्ट सर्भिसेज (किड्स) संस्थाको २० औं वार्षिक साधारण सभा तथा ११ औं अधिबेशन तौलिहवामा सम्पन्न भएको छ । अधिबेशनबाट फरजाना खाँको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा उमाशंकर प्रसाद उपाध्याय, महासचिवमा राम बिनोग चौधरी, सचिवमा पुजा गुप्ता र कोषाध्यक्षमा दिग्विजय नाथ पाण्डेय चयन हुनु भएको छ । त्यस्तै सदस्यहरु जरिना खान, अनिरुद्ध नाथ शुक्ला, रिता हरिजन र राजेश कुमार गुप्ता निर्वाचित हुनु भएको छ ।
















































