Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन हुँदै

Author Avatar साझा न्यूज 17th October 2023 , 7:40 PM
मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालन हुँदै

खजुरा, असोज ३० गते । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायसँग मङ्गलबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई सञ्चालन गर्न उल्लेख गरेअनुसार कार्यक्रम सञ्चालनका लागि विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरिएको लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव यमकान्त पाण्डेले जानकारी दिनुभयो ।

उपसचिव पाण्डेले प्रदेश सरकारले यो आर्थिक वर्षबाट प्रदेशमा विभिन्न क्षेत्रबाट रोजगारी तथा स्वरोजगारी वृद्धिगरी प्रदेशलाई आत्मनिर्भर गराइ समुन्नत बनाउन नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो ।

कार्यक्रमको अवधारणा र विस्तृत कार्यान्वयन कार्यविधि तर्जुमा तयार गर्नका लागि जिल्लामा रहेका स्रोत, साधन, अवसर, उत्पादन, रोजगारी आदीको सम्भावना अध्ययन गर्नका लागि द्रुत सर्वेक्षण समूह निर्माणगरी सरोकारवालासँग छलफल गरी सुझाव सल्लाह सङ्कलन गरिएको उपसचिव पाण्डेले बताउनुभयो ।

सबै जिल्लामा गरिएका अन्तरक्रियाबाट आएका सुझाव सल्लाहअनुसार कुन कुन क्षेत्रमा लगानी लगाउन सकिन्छ भन्ने निचोड निस्किने र त्यहीअनुसार कार्यक्रमको कार्यविधि बनाइने बताउनुभयो ।

उहाँले कार्यक्रम सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गरी सम्भावना अध्ययन गरिरहेको जानकारी दिनुभयो । यसअघि प्रदेशका ११ वटा जिल्लामा कार्यक्रम गरिसकिएको र बाँकेमा मङ्गलबार कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले प्रदेश सरकारका यसअघिका धेरै महत्त्वाकाङ्क्षी कार्यक्रममा लगानी गरी अनुदान दिने तर कार्यक्रमको प्रभावकारिता बारेमा अनुगमन नगर्ने गरिएकाले सरकारको लगानी डुबेको स्मरण गराउँदै लगानी गर्ने क्षेत्रको पहिचान गरी दिगो व्यवस्थापनसहित नयाँ कार्यक्रम लागू गर्न सुझाव दिएका थिए ।

मुख्यमन्त्री कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा कृषिमन्त्री भण्डारीलाल अहिर, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, प्रदेशसभा सदस्यहरू कृष्णा केसी, दुर्गाबहादुर चौधरी, बादशाह कुर्मी, बसन्ती अधिकारी, सुशीला नेपाली, मिनाकुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख, सम्पूर्ण पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, कृषि ज्ञान केन्द्र, सामाजिक विकास डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज