Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

थारु बस्तीमा दसैँको रौनक

Author Avatar साझा न्यूज 18th October 2023 , 2:36 PM
थारु बस्तीमा दसैँको रौनक

देउखुरी  (दाङ), कात्तिक १ गते । बडादसैँमा मात्र नाचिने थारुको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारु गाउँमा अहिले बेग्लै रौनक छाएको छ ।

थारुहरूको घर आँगनमा अहिले मादल र मञ्जिराको झानकारमा महिलाले सखिया नाच्दै रमाइरहेको दृश्यले गाउँमा बेग्लै रौनक देखिएको छ । धेरै गाउँमा दसैँ नजिकिएदेखि सखिया र झुम्रा नाच सुरु भइसकेको छ । कतिपय गाउँमा घटस्थापनाको दिनदेखि यो नाच सुरु भएको छ ।

“ढिक्रीका लागि चामलको पीठो तयार छ, सुकेको माछा (सिद्रा) पनि तयार गरेका छौ”, घोराही उपमहानगरपालिका-१७ कर्जाहीका राममोति चौधरीले भन्नुभयो, “हाम्रो गाउँमा दसैँ लागिसक्यो, नाचगान हुन थालेको छ, कूल देउतालाई चढाउने सामग्री तयार गरेका छौँ, आँगनमा बाबरीको फूल मगमगाइरहेको छ, मासुको परिकारका लागि (जिता)को तयारी गरेका छौँ, कुलदेउतालाई चढाउने (छाकी) रक्सी गोलरा (माटोको भाँडो) मा तयारी गरेका छौँ ।”

दसैँको नाचले गाउँघर रमाइलो भएको छ । करिब ७५ घर थारु समुदायको बस्ती रहेको गाउँमा युवा पुस्ताले नाच सिक्ने र पुरानो पुस्ताले सिकाउने काम चलिरहेको बताउनुभयो । थारु समुदायमा दसैँलाई नवमीका दिनमा धूमधामसँग मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ ।

थारु समुदायमा दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुम्रा नाच नाच्ने गरिन्छ । झुम्रा नाच र दसैँ विशेष विभिन्न सांस्कृतिक कार्यक्रम गरेर गाउँघर रमाइलो भएको छ । घोराही-१७ क्वाडीका पूर्ण चौधरी भन्नुहुन्छ, “परम्परागत चाड दसैँमा अरू समुदायभन्दा थारु समुदायको फरक हुन्छ, सखिया र झुम्रा नाचले दसैँको रौनकलाई अझ बढाएको हुन्छ, नवमीको दिन बिहानै कुलदेवतालाई भेरवा (कुभिन्डोबाट बनाएको भेडा) र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ ।”

त्यस दिन बलि दिइएको कुखुरा र कुभिन्डो पकाएर घरका सबैले खाने गर्छन् । नवमीका दिन थारु युवायुवती रातभर सखिया र झुम्रा नाच नाच्ने गर्छन् । प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दसैँको गरिमालाईसमेत बढाएको हुन्छ ।

घोराही-३ का थारु अगुवा हिमलाल चौधरी भन्नुहुन्छ, “घटस्थापनाका दिनदेखि थारु बस्तीमा झनै रमाइलो भएको छ, थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो भएको छ ।” यो नाचमा नाच्नेहरू हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् । थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि विशेष गरी नाचसँगै दसैँमा गाउने गरिन्छ ।

सखिया नाच्नका लागि १५-२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसँगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दसैँमा दाङका थारु बस्तीमा मादल बज्न सुरु भएका छन् । नाचगानले गाउँघरमा रौनक थपिएको छ ।

पाँच वर्षदेखि सखिया नाच नाच्दै आउनुभएका घोराही-१७ की सरिता चौधरी दसैँका लागि नाचको तयारी गर्न पाउँदा खुसी हुनुभएको छ । उहाँले भन्नुभयो, “दसैँ आउन अब केही दिन बाँकी हुँदा गाउँबस्तीमा थारु नाचगान सुरु भएको छ, यसपालि आफू पनि नाचमा भाग लिन पाउँदा धेरै खुसी लागेको छ, दाङका सबै थारु बस्तीमा अहिले सखिया र झुम्रा नाचले गाउँको रौनक नै फरक भइसकेको छ ।”

युवायुवती परम्परागत पोसाक र गहना लगाएर साँझ पर्ना साथ गाउँमा सखिया र झुम्रा नाचमा रमाइरहेका छन् । थारु भाषामा ‘सखी’को अर्थ साथी  हुन्छ । साथीहरूसँगै नाच्ने हुनाले यसलाई सखिया भनिएको थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष भुवन चौधरी बताउनुहुन्छ । सखियालाई ‘बर्का नाच’ पनि भन्ने गरिन्छ । सखियामा देवीदेवताको पूजाआजा गरी नाचिने हुनाले यसलाई थारु समुदायको धार्मिक महत्वसित जोडिन्छ ।

यो नाच हरेरी मनाइसकेपछि नाच्ने गरेको उहाँले बताउनुभयो । हरेरीमा गाउँमा नाचगानको अवसर खुलाउन गाउँका सबै मादल जम्मा गरेर गुरुवाले मन्त्र पढ्छन् । त्यसपछि नाचगान सुरु हुन्छ । त्यसपछि मात्रै सखिया नाच गर्न सकिन्छ । “देवीदेवताको मञ्जुरी माग्न पूजा गर्नुपर्ने मान्यता छ”, चौधरीले भन्नुभयो, “छाँकी (रक्सी) चढाएर पूजा गरिसकेपछि मात्रै सखिया नाच नाच्न र गाउन मिल्छ ।”

नाच सुरु गर्दा मुख्य मादल र मञ्जिरामा छाँकी चढाएर आकाश, पाताल, पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ फर्किएर बजाउने गरिन्छ । त्यसपछि सखिया नाच सुरु हुन्छ  । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सदको समयमा नाच नाच्ने गर्छन् । पुराना पिँढीले नयाँ पिँढीलाई शिक्षा र सीप सिकाउने उद्देश्यले नाच सिक्ने र नाच्ने गरिरहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज